बागलुङमा १६ वर्षीया किशोरी बलात्कृत, चार आरोपी थुनामा

बागलुङ नगरपालिका–४ की १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा चार जनालाई जिल्ला अदालत बागलुङले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

अदालतका श्रेस्तेदार सूर्यप्रसाद भण्डारीको इजलाशले चार जना पुरुषलाई कारागारमा र एक जना १५ वर्षीया बालिकालाई सुधार गृहमा राख्न आदेश दिएको हो । उनीहरुले गत वैशाख २३ गते राती उपल्लाचौरमा ती किशोरीलाई बलात्कार गरेको आरोप लागेको छ । किशोरीकी आमाले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।

प्रहरीका अनुसार बागलुङ सो वडाका का ३५ वर्षीया राजेन्द्र सुवेदी उपाध्याय, सोही ठाउँका ३६ वर्षीय गिरिजा भन्ने राजु कँडेल, ३२ वर्षीय दिनेश घर्ती क्षेत्री र २५ वर्षीय गोकुल पुनलाई पुर्पक्षका लागि कारागार पठाइएको हो । यस्तै बागलुङ नगरपालिका–३ घर भएकी १५ वर्षीया बालिकालाई सुधार गृहमा राख्न अदालतले आदेश दिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार