एमालेका ४ जनाबाहेक सबै मन्त्री पदमुक्त

रघुवीर परराष्ट्र र शेरबहादुर स्वास्थ्यमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान मन्त्रिपरिषदमा रहेका ४ जनाबाहेक सबै मन्त्रीलाई पदमुक्त गर्ने भएका छन् ।

अर्थमन्त्री विष्णु पौडेल, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, कानूनमन्त्री लीलानाथ श्रेष्ठ र भौतिक पूर्वाधार मन्त्री वसन्त नेम्वाङबाहेकका सबै मन्त्रीलाई पदमुक्त हुने भएका छन् । प्रधानमन्त्री ओलीले अर्थमन्त्री पौडेललाई उपप्रधानमन्त्रीको जिम्मेवारी दिँदैछन् । प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टी (जसपा) का ८ जना मन्त्री र दुई राज्यमन्त्री तथा एमालेका दुई मन्त्रीलाई शपथ गराउने तयारी गरेका छन् ।

एमालेबाट उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीको जिम्मा रघुवीर महासेठले पाउने भएका छन् । स्थायी कमिटी सदस्य महासेठलाई उपप्रधानमन्त्री बनाउने भएपछि पार्टी उपमहासचिव अर्थमन्त्री विष्णु पौडेललाई पनि उपप्रधानमन्त्री बनाउने तयारी रहेको स्रोतको भनाई छ । त्यस्तै शेरबहादुर तामाङले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार