जसपा सरकारमा गएपछि यी तीनको मन्त्रालय खोसियो

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । शुक्रबार साँझ उनले जनता समाजवादी पार्टीको महन्थ-राजेन्द्र समूहसहितका मन्त्रीहरूलाई सपथ खुवाउन लागेका छन् ।

प्रधानमन्त्री ओली र जसपा नेताहरुबीच शुक्रबार भएको छलफलमा ८ मन्त्री र २ राज्यमन्त्री टुंगिएको हो । जसअनुसार जसपाले शहरी विकास, उर्जा, खानेपानी, भूमि व्यवस्था, श्रम, युवा तथा खेलकुद, महिला बालबालिका र वन मन्त्रालय पाएको छ ।

जसपाका नेता नयाँ मन्त्री बनेसँगै हालका तीन मन्त्रीहरुको पद रोसिएको छ । महिला बालबालिकामन्त्री जुलीकुमारी महतो, वनमन्त्री प्रेम आले र भूमि व्यवस्थामन्त्री डा. शिवमाया तुम्बाहाम्फेको मन्त्री पद गुमेको हो । तर उनीहरुलाई मन्त्रिपरिषद् पुनगर्ठन गर्दा अन्य मन्त्रालय दिने स्रोतले बतायो ।

जसपाका नेताहरुलाई आजै साँझ सपथ खुवाए पनि प्रधानमन्त्री ओलीले आइतबारसम्म मन्त्रिपरिषद् पुनर्गठन तथा हेरफेर गर्ने तयारी रहेको स्रोतले बतायो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार