राजेन्द्र महतोको नेतृत्वमा जसपा सरकारमा, उपप्रधानसहित ८ मन्त्री, २ राज्यमन्त्री

जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्ष सरकारमा जाने भएको छ । जसपाबाट ८ मन्त्री र २ राज्यमन्त्री बन्‍ने पक्का भएको छ ।

जसपा स्रोतका अनुसार वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा सरकारमा जान लागिएको हो । जसपाका कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्णका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको सहमतिअनुसार पार्टीले सरकारमा सहभागी हुने १० जनाको नाम बुझाइसकेको छ ।

जसपा नेता राजेन्द्र महतो उपप्रधानसहित सहरी विकासमन्त्री, शरतसिंह भण्डारी ऊर्जा, जलस्रोत तथा सिँचाई, अनिल झा खानेपानी तथा सरसफाई, लक्ष्मणलाल कर्ण भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, विमल श्रीवास्तव श्रम, रोजगार तथा सामाजिक सुरक्षा, उमाशंकर अरगरिया वन तथा वातावरण, चन्दा चौधरी महिला, बालबालिका तथा जेष्ठ नागरिक, एकवाल मियाँ युवा तथा खेलकुदमन्त्री बन्ने छन् ।

यस्तै राज्यमन्त्रीमा चन्द्रकान्त चौधरी ऊर्जा र रेणुका गुरुङ महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नेता इकबाल मियाँले जानकारी दिए । उनका अनुसार नयाँ मन्त्रीहरुलाई साँझ ६ बजेपछि शपथका लागि तयार हुन भनेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार