नेपालमा थप ६ हजार ६५३ जनामा कोरोना पुष्टि, ८ हजार बढी संक्रमणमुक्त

नेपालमा शुक्रबार थप ६ हजार ६५३ जनामा कोरोना पुष्टि भएको छ । २० हजार ८१३ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ४६२४ जना र एन्टिजेन विधिबाट २ हजार २९ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ५ लाख ८१ हजार ५६० पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप १०१ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म ७ हजार ७ सय ३१ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

त्यस्तै कोरोनाका कारण थप ८ हजार ६६३ संक्रमित निको हुँदा हालसम्म नेपालमा ४ लाख ७६ हजार १३० जना कोरोनामुक्त भएको मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार