सरकारले कोभिड महमारीको तेस्रो र चौथो लहरले बालबालिका बढी संक्रमित हुन सक्ने भन्दै सबै अस्पताललाई कम्तीमा २० प्रतिशत बेड तयारी अवस्थामा राख्न अनुरोध गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सबै अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई पत्राचार गरी बालबालिकाको उपचारमा प्रयोग हुने गरी अस्पतालका २० प्रतिशत बेड राख्न अनुरोध गरेको हो ।
पत्रमा लेखिएको छ, ‘दोस्रो लहर जस्तै पुन: तेस्रो, चौथो लहर आउन सक्ने र त्यतीबेला बालबालिका बढी मात्रामा संक्रमित हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै आफ्नो स्वीकृत शैयाको कम्तिमा २० प्रतिशत शैया कोभिड १९ बालबालिकाको उपचारमा प्रयोग हुने गरि तयार अवस्थामा राख्नुहुन अनुरोध छ ।’ साथै मन्त्रालयले अस्पतालहरूलाई अक्सिजनको समेत व्यवस्थापन गर्न भनेको छ ।