पद पुनः स्थापनाका लागि सांसद थापाले दिए सर्वोच्चमा रिट

गण्डकी प्रदेशसभा सदस्यबाट पदमुक्त भएका राष्ट्रिय जनमोर्चाका कृष्ण थापाले आफ्नो सांसद पद कायम राख्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । उक्त रिट शुक्रबार नै अदालतमा दर्ता भएको छ ।

रिटमा सांसद थापाले पद पुनःस्थापना गरिपाउँ भन्ने माग गरेका छन् । संसदीय दलको बैठक नबसी हटाएको भन्ने उनको तर्क छ ।

थापालाई पार्टीको केन्द्रीय कमिटी बैठकले बिहीबार पार्टी विधान विपरीत काम गरेको आरोप लगाउँदै सांसद पदबाट हटाएको थियो । यसअघि उनलाई पार्टीको केन्द्रीय सदस्य, साधारण सदस्य र दलको नेताबाटसमेत हटाइएको थियो ।

गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चाले विपक्षी गठबन्धनलाई समर्थन गर्ने निर्णय गरे पनि थापाले आफूले विपक्षी गठबन्धनलाई साथ नदिने सार्वजनिक अभिव्यक्ति दिएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार