वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संस्था नेपाल बैंकर्स संघको कार्यवहाक अध्यक्षको जिम्मेवारी एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल केसीले पाएका छन् । शुक्रबार बसेको संघको बैठकले केसीलाई कार्यवहाक अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो ।
संघका अध्यक्ष तथा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल उपाध्यायको कार्यकाल सकिएपछि संघको कार्यवहाक अध्यक्षको जिम्मेवारी केसीलाई दिइएको बताइएको छ। बैंकले उपाध्यायको कार्यकाल नदोहोर्याउने भएपछि संघको अध्यक्षबाट बाहिरिएका हुन् । केसी संघको उपाध्यक्ष रहेका थिए ।
सोही बैठकले अध्यक्ष उपाध्यायको बिदाई समेत गरेको छ ।