आगलागीमा परेर किरियापुत्री बसेका दम्पतीको मृत्यु

बुबाको मृत्यु भएपछि किरियापुत्री बसेका एक दम्पतीको आगलागीमा परेर मृत्यु भएको छ । सङ्खुवासभाको मादी नगरपालिका–५ च्याङरिङमा गएराति आफ्नै घरमा भएको आगलागीमा परेर उनीहरुको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ४७ वर्षीय राजेन्द्रबाबु दाहाल र ४उनकी श्रीमति ४ वर्षीया कमला भण्डारी दाहाल रहेको वडा नं ५ का वडाध्यक्ष नेत्रप्रसाद दाहाल जानकारी दिए । मृतक दम्पती सात दिनअघि बितेका ८४ वर्षीय बुबा कृष्णप्रसाद दाहालको काजकिरियाका लागि बसेका थिए ।

आगलागीमा परेर गम्भीर घाइते भएका राजेन्द्रबाबुको उपचारका लागि ओखरबोटे बजार ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको र उनकी श्रीमती कमलाको घटनास्थमै मृत्यु भएको उनले जानकारी दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार