हाम्रो बारेमा

टिभी अन्नपूर्ण एनआरएनको लगानीमा नेपाली पत्रकारितामा सक्रिय पत्रकारहरूको समूहले सञ्चालन गरेको नेपालकै पहिलो र ठुलो सञ्जाल भएको अनलाइन टेलिभिजन हो । पत्रकारहरूको अस्ट्रेलिया, बेलायत, जापान र अमेरिका बसाइपछिको सिकाइ, ज्ञान र अनुभवको उच्च प्रयोगको अभ्यास टिभी अन्नपूर्णको मुख्य उद्देश्य हो । प्रविधिको विकाससँगै नेपाली सञ्चारमाध्यमलाई एउटा अर्को नयाँ विधा भिडियोसहितको अनलाइन पोर्टल दिने उदेश्यले हामी आजभन्दा ३ वर्ष पहिले नेपाल र अस्ट्रेलियाबाट एकै पटक शुभारम्भ गरेका थियौँ । आम मानिसको सामाजिक सञ्जालप्रतिको रुचि र सहभागिताका आधारमा नेपाली पत्रकारितालाई छिटो छरितो माध्यमबाट सत्य तथ्य र निष्पक्ष स्रोतका रूपमा उत्कृष्ट साबित गर्नु टिभी अन्नपूर्णको लक्ष्य हो । गएका तीन वर्ष यही प्रयासमा खर्चिदा पत्रकारिताको कान्छो विधा भिडियोसहितको अनलाइन पोर्टलमा सबैभन्दा अब्बल साबित भएका छौँ । यो हाम्रो सबैभन्दा ठुलो सफलताको रूपमा हामीले लिएका छौँ ।

हामी विशुद्ध व्यावसायिक पत्रकारिता गर्नेछौँ । परम्परागत माध्यमका तुलनामा छिटो, छरितो समाचार र यसको गहिराइमा पुगेर निष्पक्ष एवं तथ्य परक विश्लेषण टिभी अन्नपूर्णका मुख्य विषयवस्तु हुन् । हामी पत्रकारिताको विश्वव्यापी मूल्य मान्यतामा प्रतिबद्ध छौँ तर प्रचलित पत्रकारिताले गौण ठानेका विषय वस्तुहरू नै हाम्रा महत्त्वपूर्ण विषय हुन । समय फेरिएको छ मान्छेका आवश्यकता रुचि र चाहनाहरू पनि । आम पाठक दर्शकका फेरिएका चाहनालाई मध्यनजर गरी नेपाली पत्रकारितामा मल्ट्रीमिडियाका माध्यमबाट नयाँ स्वाद दिन स्थापित टिभी अन्नपूर्णले निरन्तर अरूभन्दा भिन्न शैली र प्रस्तुतिका माध्यमबाट आम पाठक दर्शकको मन जित्दै आएको छ । गएका तीनवर्षदेखी लगातार नेपाली अनलाइन मिडियामध्ये गुगल, एलेक्साजस्ता अनलाइनको मापन गर्ने साइटमा टप लिस्टमा सूचीकृत छौ र यसलाई अझै बढी पाठक दर्शकका बिचमा लैजान प्रयासरत छौँ ।
हामी नेपालकै पहिलो पटक भिडियोसहितको एक्सक्लूसिभ न्युज पोर्टलको रूपमा अनलाइन टेलिभिजन सुरु गर्दा यो अत्यान्तैं नौलो र नयाँ प्रयोग थियो । एउटै माध्यमबाट पढ्ने, सुन्ने र हेर्न सक्ने गरी विषयवस्तुहरू प्रस्तुत गर्नु आर्थिक रूपमा निक्कै महँगो , केही कठिन र चुनौतीपूर्ण अवश्य थियो । तर कार्यक्षेत्रमै होमिएर प्राप्त सिकाइ ज्ञान र अनुभवले हामीलाई यो यात्रामा अब्बल साबित गरेकै कारण आज हामीलाई माया गर्ने ६ लाखभन्दा बढी भिजिटरले दैनिक हाम्रा विषयवस्तु हेरिदिनु भएको छ । टिभी अन्नपूर्णमार्फत अझै परिष्कृत र खोजमुलक विषयवस्तु पस्कने वाचासहित पल पल तपाईँका अमूल्य सल्लाह र सुझावको अपेक्षा गरेका छौँ । हामीलाई तपाईँ टिभी अन्नपूर्ण डट कम सँगै, हाम्रो फेसबुक, युट्युब र ट्विटर,   मोबाइलमा एन्ड्रोइड, आईओएसका साथै विण्डोजमार्फत तपाईँको स्मार्ट टेलिभिजनमा पनि हेर्न सक्नुहुनेछ ।

About TV Annapurna
About TV Annapurna