श्रीमतीलाई जबरजस्ती करणी गरेको आरोपमा श्रीमान पक्राउ

उदयपुर ।

उदयपुरमा श्रीमतीलाई जबरजस्ती करणी गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् ।

जिल्लाको रौतामाई गाउँपालिका वडा नं. २ का ४५ वर्षका दिप बहादुर राउत पक्राउ परेको प्रहरीले जनाएको छ ।

नावालिका छोरीलाई यौन दुर्व्यवहार गरेको र आफूलाई जबरजस्ती करणी गरेको भनी राउतविरुद्ध श्रीमतीले उजुरी दिएकी थिइन् प्रहरी उपरीक्षक मेघराज अधिकारीले भने, पीडितको उजुरीको आधारमा पीडक राउतलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको छ ।

Related posts

Leave a Comment