मोटरसाइकल दुर्घटनामा बाबुछोराको मृत्यु

सिद्धार्थ राजमार्गको तानसेन वुटवल सडक खण्डको सिद्धबाबा क्षेत्रमा ट्रकले मोटरसाइकल ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा माथागढी गाउँपालिका-२ आपटारीका ५० वर्षीय माधवकुमाल र १९ वर्षीय उमेश कुमाल रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डिएसपी विनोद घिमिरेले बताए। मृतक बाबु छोरा हुन्।

तानसेनबाट बुटवलतर्फ जाँदै गरेको ना ३ ख १००८ नम्बरको ट्रकले अगाडी गुडिरहेको लु २१ प ९६८० नम्बरको मोटरसाइकल ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवैको मृत्यु भएको हो।

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल सडकबाट करिब दुई सय मिटर तल तिनाउँ नदीमा खसेको थियो। ट्रक र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

Related posts

Leave a Comment