नुवाकोट तलेजुमा फूलपाती

नुवाकोटको साततले दरबारस्थित तलेजु भवानीको मन्दिरमा आज फूलपाती भित्र्याइएको छ ।

नुवाकोटस्थित श्रीनाथ गणका नेपाली सैनिकको टुकडीले मङ्गल सलामी दिँदै बाजागाजाका साथ फूलपाती भित्र्याएको हो । स्थानीयवासीले फूलपाती भित्र्याउनुअघि मन्दिर वरिपरि गाईको गोबरले लिपपोत गरेका थिए । फूलपाती भित्र्याउने परम्परा मल्लकालदेखि नै रहेको हो । गोरखाका राजा पृथ्वीनारायण शाह विसं १८०१ असोज १५ गते तेस्रंो प्रयासपछि नुवाकोट विजयी भएपछि फूलपाती र फूलाडोलीको महत्व झन् बढेको स्थानीयवासी बताउँछन् । फूलपाती भित्र्याउन प्रजिअ उद्धवबहादुर थापा, नेपाल प्रहरी प्रमुख वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी प्रमुख निरञ्जन भण्डारी, सरकारी कर्मचारी, स्थानीयवासीलगायतको सहभागिता थियो ।

Related posts

Leave a Comment