ख्याल गर्नुहोस्: वास्तुशास्त्र अनुसार तिहारमा यि ५ कुरा भुलेर पनि उपहार नदिनुहोस्

तिहारको भाईटीकाका दिन दाजुभाईले दिदिबहिनिका लागी तथा दाजुभाईका लागी दिदिबहिनीले विभिन्न उपहारहरु दिने चलन छ ।

यो आफैमा राम्रो पक्ष हो । यसले दाजुबहिनी तथा दिदीभाईको बीचमा आपसी भातृत्व जागृत गराउछ । यहि जनविश्वास अनुसार अन्नतकालदेखी तिहारको भाईटिकाको दिन उपहारको आदानप्रदान चल्दै आएको छ । तर वास्तुशास्त्रका अनुसार तिहारमा दिने यस्ता उपहारहरुले कहिलेकाँही ठुलै क्षति पनि हुने गरेको छ ।

शास्त्रमा उल्लेख भएअनुसार केही उपहारका लागी निक्कै अशुभ वस्तुहरु हुन्छन जसको प्रयोगले उपहार दिने र लिने दुबैलाई कंगाल बनाउन सक्छ । वास्तुशास्त्री रमेशराज पौडेलकाका अनुसार निम्न वस्तुहरु तिहारमा उपहारका लागी अशुभ मानिन्छन ।

तिहारमा लक्ष्मीको बिशेष पुजाआजा हुने भएकाले लक्ष्मीको प्रतिक मुर्ति फोटा वा अन्य यस्तै वस्तु दिनुहुदैन ।

वास्तुशास्त्रमा उल्लेख भएअनुसार तिहारमा भूलेर पनि कसैलाई लक्ष्मीको मूर्ति वा फोटा उपहारको रुपमा नदिनुहोला । यदि तपाई गिफ्टको रुपमा यो चिज दिन खोजिरहनुुभएको छ भने निर्णय तुरुन्तै परिवर्तन गर्नुहोस् । किनभने तिहारमा लक्ष्मीको बिशेष पुजा आरधाना हुने भएकाले यो समयमा लक्ष्मीको प्रतिमा वा चित्र उपहारको रुपमा दिनुहुदैन यसका साथै लक्ष्मीको पुजा थाल्नुपहिले गणेशको समेत पुजा हुने भएकाले गणेश भगवानको मुर्ति समेत दिन नहुने वास्तुशास्त्रीहरु ब्ताउछन । यस्तो कामबाट घरको शान्ति भंग हुने ज्योतिषाचार्यहरुको ठहर छ । यस्तो कुरा गिफ्ट दिंदा उपहार लिनेका लागी भने उत्तम हुने भएपनि दिनेको घरमा धनको अभाव समेत हुने वास्तुशास्त्रमा उल्लेख भएको वास्तुशास्त्री बताउछन ।

तिहारको उपहार दिदाँ रक्सी, परफ्यूम वा यस्तै तरल वस्तु दिनु अशुभ मानिन्छ ।

तिहारमा केहीले रक्सी, परफ्यूम वा यस्तै अन्य तरल पदार्थ दिने गरेको पाईन्छ । यस्तो वस्तु तिहारका उपहारको रुपमा सहि मानिदैन यसकारण पनि पानीवाला चिज वा शो पिस गिफ्ट नगर्नुहोस् ।

यस्तो गर्दा घरमा पैसाको कमी आउने वास्तुुशास्त्रीहरु बताउँछन् । यस्तो चिज उपहार दिंदा दिएको पैसा फस्ने व्यापारमा कमि आउने जस्ता समस्याकोे समेत सामना गर्नुपर्ने हुनसक्छ ।

तपाई व्यवासयी हो भने तपाईको उत्पादन वा बिक्री गर्ने चिज उपहार दिनुहुदैन ।

तिहारमा कसैलाई पनि तपाईले आफ्नो व्यवसायसँग जोडिएका चिजहरु वा तपाई आफैले उत्पादन गरेका चिज उपहार दिन नहुने वास्तुशास्त्रीको भनाई छ ।

आफुले बिक्री गर्न तयार पारेको वस्तु उपहारका रुपमा तपाई आफैले दिनुभयो भने तपाईको व्यापारमा मन्दी आउने अरुले सित्तैमा प्रयोग गरिदिने जस्ता समस्या आउने भएकाले तपाईले तिहारमा उपहार दिदाँ आफ्नै वस्तु दिनु उपयुक्त मानिदैंन ।

तिहारमा उपहार दिने कपडामा बिशेष ख्याल गर्नुपर्ने हुन्छ ।

तिहारमा धेरैले उपहारको रुपमा कपडा दिने चलन छ । गर्मीयामा सकिएर जाडो यामको शुरुवात हुने बेला भएकाले यो समयमा कपडा उपहारको रुपमा दिनु व्यवहारिक रुपमा पनि सहि मानिन्छ । तर तिहारमा दिने कपडाका बारेमा नबुझि कपडा उपहारको रुपमा दिए यसले ठुलै क्षति गर्ने ज्योतिसाचार्यहरुको बताउछन ।

बिशेषता तिहारमा उपहार दिदाँ सिल्कको कपडा उपहार दिनु गलत मानिन्छ । त्यसो त सिल्कको कपडा तिहारअवधिभर छुन वा किन्न समेत नहुने जनविश्वास समेत रहदैं आएको छ । यसबाहेक छालाका बस्तुहरुसमेत तिहारमा उपहारको रुपमा लिन वा दिन नहुने विश्वास रहदैंआएको छ ।

हिराबाहेक मंहगा धातुले बनेका बस्तु सकेसम्म तिहारमा उपहार नदिनुस् । वास्तुशास्त्रका अनुसार तिहारमा सकेसम्म मंहगा धातुले बनेका वस्तु उपहारका दिनु हुदैन । सुन, चाँदी, तामा, काँस र पित्तलबाट बनेको कुनै पनि चिज उपहारको रुपमा लिदाँ लिने दिने दुवैलाई अशुभ हुने उल्लेख छ । यसबाहेक तिहारमा कालो रंगको कुनै पनि सामान आफ्नो घरमा ल्याउन समेत नहुने यस्ता वस्तु उपहारका रुपमा समेत दिन नहुने वास्तुशास्त्रीहरु बताउछन ।

Related posts

Leave a Comment