कानुनमन्त्री तामाङले स्वीकारे गल्ती : बोलेको कुराले कसैलाई असर गरेको भए माफी माग्न तयार

झापा स्थित बी एण्ड सी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाद प्रसाई विवादमा परेकै दोश्रो दिन कानुनमन्त्री शेरबहादुर तामाङ समेत एकाएक विवादमा तानीए । केहि दिन अघि भएको एक कार्यक्रममा सम्बोधन गर्ने क्रममा कानुनमन्त्री तामाङले हाम्रा छोरीहरुले शरिर नबेच्दा सम्म शैक्षिक प्रमाणपत्र पाउदैनन भनेर भनेका थिए । उनको यो भनाईको सर्वत्र अलोचना भएको छ । बङ्लादेश पढ्न जाने नेपाली छोरीचेली बारे उनले दिएको यो अभिव्यक्तिको सामाजिक सञ्जालमा व्यापक विरोध भएको छ।  कानुनमन्त्रीको यो भनाइबारे टेलिफोनमा जिज्ञासा राख्दा उनले भने ‘मैले पढ्न जाने छात्राहरु अहिले कती असुरक्षित छन् र उनीहरुमाथी कती हिंसा भइरहेको छ भन्ने कुरा प्रष्ट पार्न यो वाक्य बोलेको हुँ । यो एउटा साधारण वाक्य थियो। तपाइ आफुले बोलेको कुरामा माफी माग्न चाहनुहुन्न भन्ने प्रश्नमा भने उनले आफुले यसबारे सोचिरहेको बताए । तर हालसम्म माफी भने नमागेको बताए । यो वाक्यले कसैलाई असर गरेको भए आफु माफि माग्न तयार रहेको उनले बताए ।

 

Related posts

Leave a Comment