आजको राशिफलः आजको दिन के कस्तो रहनेछ?

अाज वि.सं. २०७५ साल असोज ३१ गते। बुधबार। इश्वी सन् २०१८ अक्टोबर १७ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। दक्षिणायन। शरद ऋतु। नेपाल संवत् ११३८ कौलाथ्व। आश्विन शुक्लपक्ष। तिथि– अष्टमी, १२:२७ बजेउप्रान्त नवमी। नक्षत्र– उत्तराषाढा, २२:०६ बजेउप्रान्त श्रवण। योग– सुकर्मा, १०:३९ बजेउप्रान्त धृति। करण– वव, १२:२७ बजेदेखि वालव, २५:२० बजेउप्रान्त कौलव। आनन्दादिमा वज्र योग। चन्द्रराशि– मकर। काठमाडौंमा सूर्योदय– ६:०५ बजे, सूर्यास्त– १७:३१ बजे र दिनमान २८ घडी ३५ पला। शारदीय नवरात्र। महाष्टमी व्रत, कालरात्री। अष्टमी व्रत, गोरखकाली पूजा।  आश्विन मसान्त।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) इनाम र प्रतिष्ठा कमाउने बेलाछ । प्रेमीको सहयोग प्राप्त हुनेछ । दाम्पत्य जीवनमा समझदारी कायम रहनेछ । शुभ समाचार सुन्न पाइएला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) अरुलाई प्रभावित पारेर काम बन्नेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । पठनपाठनमा प्रगति हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) मनमा दुविधा उत्पन्न हुनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । फितलो यात्रा हुनेछ । व्यापार व्यवसायमा वाधा आउनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) ममा सफलता प्राप्त हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । कला र गलाको प्रभाव बढ्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) शुभकार्यको चर्चा चल्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । कसैकसैको प्रेम सम्बन्ध विवाहमा परिणत हुनसक्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । रोमाञ्चक यात्रा होला । आजको समय बढी प्रेरणादायक रहनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आँटेको र ताकेको कार्य पुरा होला । आकस्मिक धनलाभ हुनेछ । महिला वर्ग बाट सहयोग मिल्नेछ । पारिवारिक सद्भाव बढ्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) विशिष्ट व्यत्तिको भेटघाटले मन प्रसन्न हुनेछ । सवारी साधनको खरिद बिक्री हुने योग छ । दाम्पत्य जीवन सुखमय हुनेछ । शत्रु क्षय होलान् ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) माया प्रेममा आत्मियताको बढोत्तरी हुनेछ भने घर परिवारका सदस्यहरुबाट सहयोग पाईनेछ । पुराना कामहरुबाट भनेभन्दा अढिनै आम्दानि हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) नयाँ-नयाँ काम गरि समाजको ध्यान आफुतिर आकर्षित गर्न सकिनेछ । योजनानुसार सबै कार्य सफल हुदै जानेछन् । आकस्मिक उपहार प्राप्त हुनसक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) काममा दुविधा उत्पन्न हुन सक्छ । घर परिवारमा झै–झमेलाको अवस्था आउला । सामानहरू छुट्ने–हराउने सम्भावना छ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) राज्यबाट मान सम्मान पाइनेछ । घरमा अतिथीको आगमन हुनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । विभिन्न कुराको किनमेल हुनेछ ।

Related posts

Leave a Comment