अनसनरत डा गोविन्द केसीलाई भेटेर नारायणकाजी श्रेष्ठले यसो भने

काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले अनसनरत डा. गोविन्द केसीसँग भेट गरेका छन् ।

आइतबार साँझ त्रिवि शिक्षण अस्पताल पुगेर केसीलाई भेट गरेका श्रेष्ठले उनलाई स्वास्थ्य परीक्षण गर्न दिन आग्रह गरेका छन् ।

जुम्लाबाट काठमाडौं ल्याएदेखि स्वास्थ्य परीक्षण पनि नगरी बसेका केसीलाई स्वास्थ्य परीक्षण गर्न आग्रह गरेको श्रेष्ठले बताए । ‘तपाईका मुद्दा कुन ठीक, कुन बेठीक छलफल भइरहेको छ ।  तर स्वास्थ्य परीक्षण गर्नुस्’ श्रेष्ठले भनेका थिए ।

तर यस विषयमा डा.  गोविन्द केसीले भने कुनै प्रतिक्रिया दिएनन् ।

चिकित्सा शिक्षा सुधारको माग राखेर २३ दिनदेखि केसी आमरण अनसनमा छन् ।

Related posts

Leave a Comment