अनशन स्थगित गरेर वार्तामा आउन डा.केसीलाई सरकारको आह्वान

 

सरकारले वरिष्ठ चिकित्सक डा. गोविन्द केसीलाई अनशन स्थगित गरेर वार्तामा आउन आह्वान गरेको छ। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले वरिष्ठ चिकित्सक केसीलाई अनसन स्थगित गरेर वार्तामा आउन आह्वान गरेका हुन्।उनले सरकार डा केसीको जायज माग सम्बोधन गर्न लचकताका साथ प्रस्तुत हुने प्रस्ताव पनि अघि सारेका छन्। शुक्रबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले जीवन रक्षाका लागि वरिष्ठ चिकित्सक केसीलाई काठमाडौं ल्याउँदा पनि सरकारको आलोचना गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए।

मन्त्री ज्ञवालीले केसीलाई केही राजनीतिक दलहरूले आफ्नो स्वार्थ सिद्धीका लागि प्रयोग गरिरहेको दाबी गर्दै सचेत रहन पनि आग्रह गरेका थिए।परराष्ट्रमन्त्री ज्ञवालीले सरकारले वरिष्ठ चिकित्सक केसीको मागलाई सम्बोधन गर्न वार्ता टोली नै गठन गर्नु परेको पनि स्पष्ट पारेका थिए। उनले आयोगमार्फत् चिकित्सा क्षेत्रमा देखिएको समस्या समाधान गरेर जाने गरी आएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई सहयोग गर्न प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसलाई पनि आग्रह गरेका थिए। परराष्ट्रमन्त्री ज्ञवालीले भारतीय संरचनाका कारण नेपालमा हुने डुबान समस्या छिट्टै समाधान हुने दाबी समेत गरेका थिए। भारतीय अधिकारीहरूले दुवै देशमा हुने डुबान समस्या समाधानका लागि अध्ययनको कामलाई अघि बढाएको र केही समय भित्रै नेपालमा हुने डुबान समस्या समाधान हुने बताए। मन्त्री ज्ञवालीले नारायणी नदीमा रेल संचालनका लागि सम्भाव्यता अध्ययनको काम सुरु गरिएको पनि जानकारी दिए।

Related posts

Leave a Comment