यी १० कुरा तपाईमा लागु गर्नुहोस् , तपाई प्रति युवतीहरु हुरुक्कै हुनेछन्

युवतीलाई पट्याउने टिप्स खोजिरहनुभएको छ भने त्यसलाई छाड्नुहोस् । किनभने अरुलाई आकर्षित गर्नका लागि तपाईले सबैभन्दा पहिला आफुलाई बदल्नुपर्छ । जब तपाई आफै सक्षम र आकर्षक बन्नुहुनेछ, तपाईको पछाडि युवतीहरु झुम्मिनेछन् ।

खासगरी युवावयमा के आकंक्षा राखिन्छ भने, कि युवतीहरुले आफुलाई मन पराओस् । युवतीहरु आफ्नो पछाडि लागोस् । तर यसका लागि चाहाना भएर मात्र पुग्दैन । तपाई स्वंम बद्लिनुपर्छ ।

हाम्रा पौराणिक शास्त्रहरुमा पनि यस्तो कुरा उल्लेख छन् । कामसूत्रले त कस्ता युवासँग युवतीहरु हुरुक्कै हुन्छ भनेर विस्तृतमा उल्लेख गरेको छ । कामसूत्र भनेको यौनको शास्त्र मात्र होइन ।

खासमा भन्ने हो भने, कसैलाई आफुले त्यसबेला आकर्षित गर्न सकिन्छ, जब उनीहरुले खोजेजस्तै गुणहरु हामीमा हुन्छ । त्यसैले कसैलाई आकर्षित गर्नुअघि उसको मनोविज्ञान बुझ्नुपर्छ, ताकि उसले कस्तो युवा मन पराउँछ भन्ने कुरा थाहा पाइयो ।

यदि त्यसो भयो भने आफुले उनले खोजेजस्तै गुण विकास गर्न सकिन्छ । यहाँ त्यस्ता टिप्स दिइएको छ, जुन गुण पुरुषमा हुनुपर्छ । यदि त्यस्तो गुण विकास गरियो भने युवतीहरु हुरुक्कै हुनेछन् भनेर कामसूत्रमा लेखिएको छ ।

१. कामसूत्रका अनुसार जो पुरुष महत्वकांक्षी र उत्साहित छन्, उनीहरुले स्त्रीलाई सजिलै आकर्षित गर्न सक्छन् ।

२. कामसूत्रमा उल्लेख गरिएको सूत्र अनुसार साहसी र शूरवीर पुरुषले सधै महिलालाई आकर्षित गर्न सफल हुन्छन् ।

३. कामसूत्रका अनुसार विद्वता त्यही गुण हो, जो पुरुषमा हुनुपर्छ । यस्तो गुणले भरिपूर्ण पुरुषले महिलालाई रिझाउन सफल हुन्छन् ।

४. जो पुरुषमा विश्वास र अरुको भावना बुझ्ने गुण हुन्छ, उनीहरु स्त्रीलाई रिझाउन सफल हुन्छन् ।

५ कामसूत्र अनुसार जुन पुरुषमा कविता वा कथा सुन्ने गुण हुन्छ । अर्थात उनीहरु त्यस्ता कथा सुनाउन समेत माहिर हुन्छन्, उनीहरुले सजिलै स्त्रीलाई आकर्षित गर्न सक्छन् ।

६. कामसूत्रका अनुसार हरेक स्त्री पुरुषबाट त्यही कुरा अपेक्षा गर्छन्, कि उनीहरुले आफ्नी पार्टनरलाई स्थायी रुपले प्रेम गरोस् ।

७. कामसूत्रमा उल्लेख गएको गुण अनुसार पुरुष त्यागी हुनुपर्छ । साथै अर्कोको निन्दा गर्ने बानी उनमा हुनुहुँदैन ।

८. शक्तिशाली पुरुषपनि स्त्रीले रुचाउँछन् । साथै महिलाप्रति प्रेमपूर्वक र सम्मानजनक व्यवहार गर्ने पुरुषलाई स्त्रीले रुचाउँछन् ।

९. कामसूत्र अनुसार जो पुरुष कुनै पनि स्त्रीप्रति मोहित हुँदैनन्, उनीहरु श्रेष्ठ मानिन्छन् । यस्तो गुणले भरिपूर्ण पुरुषलाई स्त्रीले रुचाउँछन् ।

१०. कुनैपनि काम गर्दा द्विविधाग्रस्त हुने पुरुषलाई स्त्रीले रुचाउँदैनन् । आत्माविश्वासले भरिपूर्ण र कुनैपनि काममा द्विविधा नराख्ने पुरुषलाई स्त्रीले रुचाउँछन् ।

Related posts

Leave a Comment