यसरी निर्माण हुँदैछ धरहरा

विनाशकारी भूकम्पले भत्काएको धरहरा पुननिर्माण सुरु हुन सकेको छैन । नेपाल टेलिकमले हात झिकेपछि पुननिर्माण अघि बढ्न नसकेको पुरातत्व विभागले जनाएको छ । नक्सा डिजाइन गरेर पुननिर्माण प्राधिकरणलाई दिएको ६ महिना भइसके पनि काम सुरु हुन नसकेको पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरले बताए । प्रवक्ता कुँवरले भने, हामीले काम सकेका छौंँ । निर्माण गर्ने जिम्मा हाम्रो होइन, पुननिर्माण प्राधिकरणको हो । मौलिकतामा असर नपर्ने गरी पुरानै स्वरुपमा धरहरा पुननिर्माण हुने छ । धरहराको उचाइ २ सय ४५ फिट हुने छ । (अन्नपूर्ण पोस्ट)

Related posts

Leave a Comment