उपत्यकामा लोडसेडिङ छैन तर दैनिक ७ पटक जान्छ लाईन, सेवाग्राही पुग्दा कार्यलय खाली (भिडियो सहित)

नवराज श्रेष्ठ / टिभी अन्नपूर्ण

नेपाल विद्युत् प्राधिकरणमा पुग्दा एकै दिन कार्यालय प्रमुख, लेखा प्रमुख, प्रशासन प्रमुख र सूचना अधिकृत सहित ६ जना कर्मचारी अनुपस्थित भएको पाइएको हो । कार्यालयका प्रमुख सुरज रेग्मी, इन्जिनियर दीपक अधिकारी, सहायक लेखा अधिकृत सरोज घिमिरे, लेखापाल रामकुमार बोगटी, सुपरभाईजर विनोद कुमार श्रेष्ठ, रत्न बहादुर कंडेल एकै दिन कार्यालयमा अनुपस्थित भएका हुन् । ती मध्ये कार्यालय प्रमुख सुरज रेग्मीले निमित्त दिएर बिदामा बसेको पत्र प्रशासनमा बुझाए पनि कति दिन बिदामा बसेको सो को कुनै उल्लेख नभएको पाइएको हो । यसै गरी निमित्त कार्यालय प्रमुख पनि कार्यालयमा नभए पछि त्यस बारेमा बुझ्दा कार्यालयका कर्मचारी बिदा बसेको जानकारी दिएका दिए । बिदा बसेको जानकारी दिए तर निज दीपक अधिकारी लाई सम्पर्क गर्दा आफू सानिमाको छोराको दुर्घटनामा मृत्यु भएकोले त्यहाँ गएको बताए । एका तिर निमित्त प्रमुख पाएको व्यक्तिले कार्यालयको आफू भन्दा तल्लो स्तरको कर्मचारीलाई जानकारी नै नगरी कार्यालयमा उपस्थित नहुनु र कार्यालयकै अन्य कर्मचारीले निज बिदामा बसेको जानकारी दिनु भनेको कर्मचारी प्रशासन कति अस्त व्यस्त छ नेपाल विद्युत् प्राधिकरण बालाजु वितरण केन्द्रको भन्ने कुरा छर्लङग भएको छ । कार्यालयबाट बिदा बसेका ६ जना कर्मचारीहरूले पनि  निवेदन नै नलेखि बिदा बसेको पाइएको हो । कार्यालयका एक कर्मचारीका अनुसार बिदा बस्दा आफूले निवेदनको आवेदन भरेर स्वीकृत भएपछि मात्र बिदा बस्ने गरेको बताए । तर कार्यालयबाट बिदा बसेका ६ जना कर्मचारीहरूले नत निवेदनको आवेदन भरेका छन् न त स्वीकृत नै । यसरी कार्यालयका प्रशासन प्रमुख , लेखा प्रमुख, र सूचना अधिकृत सहित ६ जना अनुपस्थित भएपछि जनताले कुन खालको सेवा पाउँलान ? यसरी सरकारी कार्यालयका कर्मचारीहरूको आफुखुसी तन्त्र कहिले सम्म भन्ने विषयमा आम जनताले चासो देखाएका छन् ।

दिन दिनै बिजुली काटे पछि सर्वसाधारण मर्कामा
नेपाल विद्युत् प्राधिकरण बालाजु वितरण केन्द्रबाट वितरण हुने लाइन दिन दिनै काटिन थालेको छ । नेपाल विद्युत् प्राधिकरणले उपत्यका लगायतका विभिन्न ठाउँमा लोडसेडिङ मुक्त घोषणा गरे पनि बालाजु शाखा बाट वितरण हुने विद्युत् केही दिन देखि लगातार रूपमा जान थालेको सर्वसाधारणले गुनासो गरेका छन् । विद्युत् आउने र जानेको समय निश्चित नहुँदा यहाँ आउने उपभोक्ता हरूको दैनिकीनै अन्योलमा परेको गुनासो गरेका छन् । यता बालाजु एरियामा सडक निर्माण गर्नु परेकोले अझै केही दिन बिजुली काटिने नो लाइट फाँटका प्रमुख देशबन्धु दाहालले बताए ।  बिहान सात बजे देखि बेलुका सम्म र ६ नं एरियामा साढे २ घण्टा विद्युत् कटौतीहुने उनले थपे । सडक निर्माणको काम भइरहेको छ । समयमा काम नगरेमा ठेकेदारलाई प्रहरीले पक्राउ गर्ने भनेको छ, सडक निर्माण छिटो सक्नु पर्ने भएकोले त्यस ठाउँको बिजुली जाने उनले बताए । कहिले जान्छ भन्न सकिन्न् सडक निर्माण गर्ने समयमा भर पर्छ ।

कार्यालयमा सेवाग्राहीले कर्मचारीनै भेटेनन्
विद्युत् प्राधिकरणको बालाजु केन्द्र पुग्दा सेवाग्राहीले प्रशासनिक कार्य गर्ने कर्मचारीनै नभेटी फर्किनु परेका गुनासो गरेका छन् । वालाजुका सेवाग्राहीले ले भने आज हाकिम छैन भोलि आउनु भनेको छ। पहिले यस्तो हुँदैनथ्यो फेरि भोलि दुख पाउने भइयो उनले भने । यसै गरी अर्का सेवाग्राही ले नयाँ मिटरका लागि निवेदन दिन आएका थिए एक महिनामा फोन आउँछ भनेको भने यस्तै अर्का सेवाग्राहि ले २० दिनमा फोन गर्नु भनेको छ ।
पत्रकार आएको थाहा पाए पछि घर बाट बोलाइयो कर्मचारी
यता हामी रिपोटिङका लागि पुगेको थाहा हुने बित्तिकै सहायक प्रशासकिय अधिकृत पशुपति लम्साल पौडेल हतार ट्याक्सी चढेर कार्यालय आइपुगिन् । यसरी हेर्दा कार्यालयको जिम्मेवार व्यक्ति कोही पनि कार्यालयमा नहुँदा सेवाग्राहीहरु के कति काम हुने हो घाम जतिकै छर्लङग भएको छ । एउटै कार्यालयमा एकै दिन त्यो पनि विना स्वीकृति छ जना कर्मचारी अनुपस्थित हुँदा सर्वसाधारण सेवाग्राही भने सेवा लिनबाट वञ्चित भएका हुन् । हाकिम छैन भोलि आउनुभन्ने जवाफ आएको छ वनस्थलीका सेवा ग्राही ले गुनासो गरे ।

अनुपस्थित लाई कारबाही गर्छौ
यतिधेरै कर्मचारी अनुपस्थित हुँदा सूचना पाउन समेत गाह्रो भए पश्चात् क्षेत्रीय कार्यालयका प्रमुख अनिरुद्र यादव सँग यस विषयमा बुझ्दा बालाजु शाखामा त यस्तो नहुन पर्ने भन्दै यदि विना सूचना तथा स्वीकृति बिदामा बसे कारबाही गर्ने जानकारी दिए । यादवले भने प्रशासन प्रमुखले मलाई फोनबाट म बिदा बस्छु भन्नुभएको थियो तर कागजी चाही केही भएको छैन उनले भने , यसरी सरकारी कर्मचारी बिदामा बस्दा निवेदनको आवेदन भरेर स्वीकृत नभए सम्म बस्न नपाउने व्यवस्था छ । तर नेपाल विद्युत् प्राधिकरण बिक्री केन्द्र बालाजुका कर्मचारीहरू आफुखुसी तन्त्रमा चलिरहेको पाइएको हो ।

Related posts

Leave a Comment