निर्वाचन तयारीका विषयमा छलफल भईरहेको बैठकमा एमाले र माओवादी कार्यकर्ताबीच झडप

निर्वाचनको तयारीका बिषयमा बसेको संयुक्त बैठकमै एमाले र माओवादीका कार्यकर्ताहरुबीच कुटाकुट भएको छ ।

सल्यान जिल्लाको बनगाढ नगरपालिकाको कुभिण्डेमा विहिबारको चुनावका बिषयलाई लिएर भएको छलफलमा एकअर्कोबीच आरोप प्रत्यारोप हुन थालेपछि कुटाकुटको अवस्था सिर्जना भएको हो ।

माओवादीका जिल्ला संयोजक कर्ण बहादुर बुढाथोकीले एमाले कार्यकर्ताले माओवादी कार्यकर्तालाई आक्रमण गरेको आरोप लगाए ।

आक्रमणमा परि माओवादी केन्द्रका स्थानीय नेता जिवन बहादुर ठकुरी, पर्मिला सिंह शाह, नरेन्द्रसिहं घाईते भएका छन ।

उनिहरुको अहिले स्थानीय स्वास्थ्यचौकीमा उपचार भएको छ । अहिले त्यहाँको अवस्था सामान्य भैसकेको प्रहरीले जनाएको छ ।

Related posts

Leave a Comment