ट्रम्प र पुटिनबीच यौनकर्मी महिला बारे भनाभन

तपाई अचम्ममा पर्नु हुन्छ जब रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति बिच यौनकर्मी महिलाको विषयमा झगडानै पर्छ भनेर तर यस्तै भएको छ । विश्वकै सबैभन्दा शक्तिशाली दुई देशका नेता भेट भए भने कस्तो कुरा गर्लान् ? तपाईँलाई लाग्न सक्छ उनहीरु पैसा, बिजनेस, देश, प्रगति, विकास र राजनीति जस्ता विषयमा बहस गर्छन् होला । तर तपाई गलत हुनुहुन्छ ।यी दुई शक्तिशालीहरु जब भेट हुन्छन् तब महिला र यौन कर्मी महिलाबारे कुरा गर्छन् ।यो कुरा हामीले भनेको होइन, अमेरिकाको संघीय जाँच ब्यूरो ९एफबीआई० का पूर्व प्रमुख जेम्स कोमीको मेमो ले बताएको हो । उनको मेमोमध्ये केही पेज सञ्चारमाध्यमको हात लागेको छ ।यसमा बताइए अनुसार पुटिनले ट्रम्पसँग आफ्नो देशका यौनकर्मी महिलाको प्रशंसा गर्ने गरेका छन् । यो रिपोर्ट सार्वजनिक भएपछि अमेरिकन राजनीतिमा एक पटक फेरि भुइँचालो आउने अवस्था उत्पन्न भएको छ ।एफबीआईका पूर्व प्रमुख जेम्स कोमीले मेमोमा पुटिन र ट्रम्पको गोप्य वार्ताका धेरै पाटा खुलासा गरेका छन् । दुवै देशबीच तनाव बढिरहेका बेला यी कुरा बाहिरिएका हुन् । जुन कुराले रुसी र अमेरिकन नागरिक पनि चकित भएका छन् ।ट्रम्पले कोमीसँग रुसी यौनकर्मी महिलालाई लिएर पुटिनसँग आफ्नो भनाभन नै भएको पनि खुलासा भएको छ । ट्रम्पले कोमीलाई एक पटक पुटिनसँग रुसको यौन दुनियाँमा सबैभन्दा सुन्दर युवती रहेको कुरा आफूले गरेको पनि बताएका थिए ।तर यो कुरा ट्रम्पले पुटिनलाई कुन सन्दर्भमा भनेका हुन् भन्ने कुरा भने खुल्न सकेको छैन । सन् २०१६ मा अमेरिकामा भएको राष्ट्रपति निर्वाचनमा रुसी हस्तक्षेपबारे जाँच चलिहेका बेला यही मामिलामा जेम्स कोमीसँग पनि सोधपुछ भइरहेको छ ।

के भनेका थिए पुटिनले?

अहिले जेम्स कोमीले आफुले बताएका कुरा सन् २०१७ मा पनि बताइसकेको उल्लेख गरेका छन् । कोमीका अनुसार पुटिनले त्यस समय भनेका थिए, ट्रम्प एक वयस्‍क हुन्, एक यस्ता व्यक्ति जो वर्षौँदेखि सुन्दरी प्रतियोगिता गरिरहेका छन् । उनले विश्वमा केही उत्कृष्ट सुन्दरीहरुसँग संगत गरेका छन् ।पुटिनले अगाडि भने, मेरा लागि कुनै होटलमा सामाजिक रुपमा इज्जत नभएकी सन्दर युवतीसँग भेट्न जाने कुराको कल्पना गर्न पनि मुस्किल छ ।रुसी युवतीहरु विश्वमै सुन्दर मानिने कुरामा कुनै दुई मत छैन । विश्वमै सुन्दर मानिने रुसी युवतीहरुसँग विवादस्पद छविका ट्रम्पले कुरा केबल भेट मात्रै गरेको कुरालाई बाँकी विश्वले पत्याउन कठिन छ ।

पोर्नस्टार केसमा फसे ट्रम्प?

यसअघि ट्रम्प राष्ट्रपति बन्नु भन्दा पहिले पोर्नस्टारलाई पैसा दिएर मुख बुझो लगाउन सफल भएको भन्दै आलोचना भएको थियो । पोर्नस्टार स्टोर्मी डेनियल्सले चुनाव भन्दा अघि ट्रम्पले आफुलाई पैसा फ्ल्याट दिने बाचा गर्दै दुईजनाबीचको सम्बन्धमा मुख बन्द गर्न बाध्य पारेको बताएकी थिइन् ।तर ट्रम्पले पोर्न स्टारको आरोपलाई सिधै नकारेका थिए । उनले त्यही बेलादेखि १.३ लाख डलरको कुनै भुक्तानी स्टोर्मीलाई नगरेको जवाफ दिँदै आएका छन् ।

Related posts

Leave a Comment