त्रिवेणी उच्च मा.वि. कटारीको स्वर्ण जयन्ती शुरु, राष्ट्रपतिबाट स्तम्भको अनावरण गरिने

अभिमन्यु लामिछाने, उदयपुर।

श्री त्रिवेणी उच्च माध्यामिक विद्यालय कटारी ५० औं वर्ष पुगेको अवसरमा मनाउन लागिएको स्वर्ण जयन्ती मंगलवारबाट शुरु भएको छ । कटारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठद्धारा दौड प्रतियोगिताको उद्घाटन गरेर औपचारिक रुपमा स्वर्ण जयन्तीको शुरू भएको हो । त्रिवेणी महोत्सव मुल आयोजक समितिका अध्यक्ष तथा प्रधानाध्यापक बालकृष्ण कार्कीका अनुसार फाल्गुन १ र २ गते अन्तरमावि नगरस्तरीय खेलकुद प्रतियोगिता फाल्गुन ३ गते बृहत् साँस्कृतिक कार्यक्रम फाल्गुन ४ र ५ गते सगरमाथाअञ्चल स्तरीय अन्तर जिल्ला भलिवल प्रतियोगिता र पुरस्कार वितरण तथा फाल्गुन ६ गते लोकदोहोरी साँस्कृतिक कार्यक्रम,पुरस्कार वितरण गरिने छ । फाल्गुन ७ गते पुर्व विद्यार्थी तथा पुर्व शिक्षक पुनर्मिलन कार्यक्रम रहेको छ ।

पूर्ब बिद्यार्थीमा बरिष्ठ अधिबक्ता शम्भू थापा,माओबादी केन्द्रका नेता मातृका यादव,प्रशासनिक सुधार आयोगको अधक्ष्य काशिराज दाहाल, नेपाल रेडक्रसका अधक्ष्य संजीब थापा, सिभिल होम्सका अधक्ष्य इच्छाराज तामांग,डा.राम कुमार दाहाल,प्रधापक खेमराज दाहाल र सर्बोचका माननीय न्यायधीश प्रकाशमान सिंह राउत पनी पूर्ब बिद्यार्थी मिलन कार्यक्रममा उपस्थित हुने आयोजक समितिले जनाएको छ । फाल्गुण ८ गते सम्माननीय राष्ट्रपतिवाट स्वर्णमहोत्सव उदघाटन,स्मारक अनावरण,स्मारिका विमोचन,सम्मानपत्र वितरण गर्ने कार्यक्रम रहने पनी आयोजक समितिले जानकारी दिएको छ। साँस्कृति कार्यक्रमा विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरुको वेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ । स्वर्ण जयन्तीको अवसरमा भएको ३०० मिटर दौड प्रतियोगीतामा छात्र तर्फ र प्रभाव बोडिङ्ग स्कूलका फडिन्द्र डोटेल प्रथम भएका छन् भने छात्रा तर्फ श्री मा.वि. मरुवाकी नर माया कार्की प्रथम भएकी हुन । यसैगरी छात्र तर्फ द्धितीय सरस्वती मा.वि. हडैयाका अनिल बस्नेत र तृतिय स्थान हासिल गर्न देवी मा.वि. भुल्केका भुवन दाहाल भए । साथै छात्रा तर्फ सरस्वती मा.वि.की नम्रता गिरी द्धितीय र सरस्वती मा.वि. हडैयाकी मिना खड्का तृतीय भईन् ।

Related posts

Leave a Comment