काठमाडौंमै छ ग्यासको कुवा, यसरी हुदैँछ परीक्षणको तयारी

शर्मिला सुबेदी , काठमाडौँ  । 

काठमाडौं टेकुको भैरव मन्दिर नजिकै रहेको कुवामा ड्रिलिङ सकाएर परीक्षणको तयारी हुँदैछ । यो सँगै वातावरण विभाग परिसरमा रहेको प्राकृतिक ग्याँसको अर्को कुवाको उत्खननका लागि ठेक्काको काम अघि बढेको हो । उत्खननबाट काठमाडौंमा प्राकृतिक ग्यासको सम्भाव्यता पत्ता लाग्नेछ । अघिल्लोपटक प्रधानमन्त्री हुँदा केपी शर्मा ओलीले ‘घर(घरमा पाइप लाइनबाट ग्यास दिने’ सपना यसैका आधारमा बाडेका थिए ।
यदि ग्यासको परीक्षणबाट उत्पादन सम्भाव्यता राम्रो भेटिए र आर्थिक तथा प्राविधिक रुपमा योग्य देखिए उत्पादन योजना अगाडि बढ्नेछ भने नदेखिए स्थगित हुनेछ ।

स्थानीय बासिन्दाका अनुसार ग्यास प्लान्टबाट राम्रो उत्पादन भइरहेको थियो तर सम्बन्धीत निकायकाले बेवास्था गरेको कारणले बन्द भएको आरोप लगाएका छन । उत्पादन सुरु भयो भने अहिले प्रयोग गरिरहेको ग्यास आधा मुल्यमा पाइने छ । अहिले काठमाडौं उपत्यकाका ११ वटा प्राकृतिक ग्यास स्टेसन अलपत्र अवस्थामा छन् । ड्रिल गरेर उत्पादनको सम्भाव्यता र परीक्षणको लागी नै सरकारले प्रतिकुवा ६० लाख रुपैयाँभन्दा बढी खर्च गर्नुपर्नेछ । ३५ वर्षअघि टेकुमा जापानी सहयोग नियोग (जाइका)ले जमिनभित्रको प्राकृतिक ग्यास निकाल्न ड्रिल गरेको थियो । तर, लामो समयसम्म मर्मत र रेखदेख नगरेपछि ड्रिलिङ गरिएको ग्यास कुवा माटो बालुवा र फोहरले भरिएका छन् ।
२०४१ देखि २०५३ सालसम्म यहाँबाट उत्पादन भएको ग्यास पाइपमार्फत टेकु क्षेत्रका सरकारी कार्यालय, अस्पताल लगायतमा वितरण गरिन्थ्यो । २०५३ सालसम्म यो कुवाबाट पानीसहित ग्यास निस्किन्थ्यो । फिल्टरेसन मेसिनले फिल्टर गरेर पानी र ग्यासलाई छुटाएर बुलेटसहितको स्टोरमा राखिन्थ्यो । २०४० सालतिरै खनिएका यस्ता ग्यास कुवाहरु राज्यको बेवास्ताको शिकार भएका थिए । त्यसलाई फेरि ब्युँताउन खानी विभागले नयाँ प्रविधि र उपकरणहरु जोड्दैछ ।

भिडियो :

Related posts

Leave a Comment