देशको टिम विश्व कप फाइनलमा पुगेको खुसीयालीमा जर्सी लगाएर क्याबिनेट बैठक

फुटबलको इतिहासमा पहिलो पटक आफ्नो देशको टिम फाइनलमा पुगेपछि त्यसको खुसीयालीमा क्रोएसियाका मन्त्रीहरुले राष्ट्रिय टिमको जर्सी लगाएर क्याबिनेट बैठक बसेका छन् । देशका मन्त्रीहरूले पनि फुटबलले दिलाएको सफलतालाई विशेष रुपमा मनाएका छन् । पहिलो पटक फाइनलमा पुगेको टिमको सम्मानका साथै ऐक्यवद्धता जनाउन सबै मन्त्रीहरु राष्ट्रिय टिमको जर्सीमा सजिएर आएको बताइएको छ ।


यता राष्ट्रपति कोलिन्डा मैदानमा नै पुगेर देशको समर्थन गरेकी थिइन् । यतिमात्र होइन नाटो बैठकमा सहभागिता जनाउन जाँदा पनि उनलाई फुटबलको नशाले छोडेको थिएन । टिम फाइनलमा पुगेको दोस्रो दिन बसेको क्याबिनेटको बैठकमा टिमको खेलका बारेमा नै विशेष कुराकानी भएको थियो । त्यस बैठकले खेलाडीलाई पुरस्कारको घोषणा गरेको अनुमान पनि गरिएको छ, तर त्यो भने सार्वजनिक गरिएको छैन ।

Related posts

Leave a Comment