ताकेश्वर नगरपालिकामा घुलो सडकमै पिच, राज्यको ढुकुटीको दोहन कहिले सम्म ?(भिडियो सहित)

आर्थिक वर्ष सकिनै लाग्दा विकासे योजनाका काम असार मसान्त सम्म सकिसक्नु पर्ने भन्दै कामको चटारो बढे्को छ । निर्माण गर्ने योजना जे जस्तो भए पनि असार मसान्त सम्म सकिसक्नुपर्ने भन्दै ढौड्धुपमा यति बेला ठेकेदार कम्पनी तथा विभिन्न सङ्घ सस्थाहरु छन् । आर्थिक वर्षको अन्तिममा विकास तर्फको बजेट सक्ने परिपाटी झन् नेपालमा बढ्दै गएको छ । वर्षेनि विकासे योजनामा सरकारले करोडौँ रकम बिनियोजन गरे पनि हिउँदमा त्यसको वास्ता नै नगरी बर्षायाम सुरु हुन भन्दा पहिले बाट काम गर्ने परिपाटी बढेको हो । सडक निर्माण देखि खानेपानी सम्मका योजनाहरू आर्थिक वर्ष सकिनै लाग्दा निमार्णको ठेकेदार लिएका कम्पनी तथा सङ्घ संस्थाले सक्रियता देखाउन थालेका छन् ।

काठमाडौँकै ताकेश्वर नगरपालिकामा धुलो सँग पिच
त्यसैको उदाहरणको रूपमा काठामाडौंको ताकेश्वर नगरपालिका वडा१० र ११ को लोकतन्त्र चोको सडक पिच गर्ने कार्यमा देखिएको छ । आर्थिक वर्षको अन्त्य तिर सडकको गुणस्तर नहेरी आफुखुसी सडक पिच भएपछि स्थानीयले बिरोध जनाएपनि त्यस्को
प्रवाह नगरि आफुखुसी ठेकेदारले काम अगाडी बढाएको स्थानीयले । ५७ लाख ९४ हजार रुपौयामा सम्झौता भएको उक्त सडक खण्ड जेष्ठ ३१ मा सकिरहनुपर्ने कागज भए पनि त्यसैको आडमा ठेकेदारको मनपरी देखिएको हो । सडकको गुणस्तर नहेरी आफुखुसी सडक पिच गर्ने गरेको भेटिएको हो । नगरपालिकाले सडक निमार्णका लागि १ करोड छुटटाएपनि टेन्टरका हिसाबले ५७ लाख ९४ हजार बराबरको सम्झौता सेतिदेवी कम्पनी सँग भएको थियो तर सम्झौता अनुसारको काम नभएको स्थानीयको गुनासो छ ।

निमार्णमा इन्जीनियर ठेकेदार कोही छैनन्
दिउँसोको ४ बजेको समय थियो नगरपालिकाको वडा न १० र ११को सिमानामा रहेको लोकतान्त्रिक चोकमा सडक पिचको काम धमाधम भइरहेको थियो । स्थानीयले काम राम्रो भएन भन्ने गुनासो पछि हामी त्यहाँ पुगेका मात्र थियौँ त्यसै बखत उभिरहको ठेकेदार र सुरक्षाका लागि बसेका प्रहरी एकै छिनमा कता हराए रु हामीले यो सडक निर्माण गर्ने ठेकेदारलाई खोज्यौ तर ठेकदार एकै छिनमा कता गायप भए भन्ने अति पत्तो भएन । सडक निर्माण गरिरहेका भारतीय नागरिक ३ जना र एक जना रोलर चलाउने बाहेक अरू देखिएनन् । स्थानीयले पिच भएको सडक कम्सल खालको भयो भन्दै विरोध गरेपछि मात्र पहिले भन्दा अलि राम्रो सडक बनाएको स्थानीले बताए ।

पीच कति हुनुपर्ने हो थाहा नै छैन्
नगरपालिकालाई यस बिषयमा जानकरी लिदा नगर प्रमुखले यस्को बिषयमा आफुलाई थाहा नभएको बताएका छन् ।
नगरपालिकाका इन्जीनियर सँग सम्पर्क गर्ने खोज्दा उनी सम्पर्क भएन ।
स्थानीयका अनुसार ३० एम यमको सडक बनाउनका लागि सम्झौता गरेको बताउछन् । भने ठेकेदारले भने आफुखुसी बाटोको धुलामा पिच गरेको स्थानीयले आरोप लगाए । वर्षाको समयमा भएका कामहरू कतिको टिकाउ होलान् भन्ने आम जनताको बुझाई छ । योजना ठेक्का लिएपछि त्यसको निर्माण नाममा ठेक्का लिएका कामहरू त्यसको गुणस्तर नहेरी काम छिटो सक्ने र पैसा प्रिज हुनबाट जोगिने परिपाटी बढिरहेको छ ।

तत्काल अनुगमन गछौँः मेयर बोहरा

ताकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहराका अनुसार सम्बन्धित कामको अनुगमन गरी भने बोमोजीम काम सम्पन्न नगरेमा ठेकेदारको पैसा कटौती गर्ने बताए ।नगरपालिकाले यसको टेन्टर आव्हान गरेर काम सुरु गरेको हो समय समयमा पनि रेखदेख गरेकै छौँ तर ठेकेदारले भने बोमोजीम काम गरे नगरेको अनुगमन गरेपछि थाहा हुने बताए ।
नगरपालिका भित्रका ५ वटा ठाउँमा ठेकेदार सँग सम्झौता गरेको बताउँदै अब तिनीहरूको कामको अनुगमन गरेर मात्र पैसा भुतानी दिने बताए ।

Related posts

Leave a Comment