एउटा तरबुजाका कारण वालमार्टले ८० करोड क्षतिपुर्ति तिर्नुपर्ने अदालतको फैसला

अमेरिकाको वालमार्टमा तरबुजा लिइरहेको समयमा घाइते भएका एक व्यक्तिलाई न्यायालयले ८० करोड रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको छ ।

घटनाअनुसार वालमार्टमा तरबुजा खरिदका लागी गएका हेनेरी वाल्करको सन् २०१५ जुलाई महिनामा खुट्टा काठमा अड्किएको थियो ।
५९ बर्षिय वाल्कर खुट्टा काठमा अडकिएर लडेका उनको दाबी थियो ।

बहसमा उनले यो बिषयमा फेनिक्स सिटी अदालतमा भनेका थिए कि उनी सो बेला लडेका थिए । वाल्करले यो क्रममा आफ्नो कम्मर र खुटटा भाँचिएको बताएका थिए । तर, वालमार्टले भनेको छ कि उसको स्टोरको डिस्प्ले बिल्कुलै सुरक्षित थियो र उसले त्यसमा कुनै परिवर्तन समेत गर्न गइरहेको छैन ।

वालमार्टले अदालतको यो फैसलाविरुद्ध पुनरावेदन गर्ने जनाएको छ । वाल्कर एक रिटायर्ड आर्मी हुन् । इजलासले २५ लाख डलर मुुआब्जा र ५० लाख डलर सजायको रुपमा दिने फैसला सुनाएको छ । वाल्करका वकिलले भनेका छन् कि यो बिल्कुलै सही फैसला हो, किनभने वालमार्टले यो बिषयलाई बेवास्ता गरेको थियो ।

वाल्करका वकिलका अनुसार वालमार्टलले काठलाई असुरक्षित तरिकाले राखेको थियो । यसमा अरु कसैको पनि खुट्टा फस्न सक्थ्यो । इजलासले यो कुरालाई पनि बढी जोड दिएको छ भने वाल्कर पहिला सातामा तीन दिन बास्केटबल खेल्न सक्थे, तर अब खेल्न सक्दैनन् ।

वालमार्टले भने वाल्कर घाइते हुनुु पछाडिको कम्पनीको दोष नभई उनको लापरबाही मुख्य कारण थियो ।

बिबिसी

हेनुहोस् सुन्दै अचम्म लाग्ने यि हुन बिश्वचर्चित ७ यौनकाण्ड

बैज्ञानिक अनुसन्धानले पत्ता लगायो यौनसम्पर्क गर्दा निको हुने रोग

कार भएका र किन्नेहरुले जान्नैपर्ने केही कुरा: यसरी चलाउनुस सवारी साधन

Related posts

Leave a Comment