तीन घेरामा निर्वाचन सुरक्षा: यी विषयमा केन्द्रित हुन्छ सुरक्षाकर्मी

तीन घेरामा निर्वाचन सुरक्षा: यी विषयमा केन्द्रित हुन्छ सुरक्षाकर्मी

चार सुरक्षा निकायको समन्वयमा कडा सुरक्षाबीच आइतबार ६ वटा प्रदेशका ३२ जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदै छ । आजका पत्रपत्रिकामा यो खबर छापिएका छन् । निर्वाचनमा म्यादी प्रहरीबाहेक सेना, प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका गरी १ लाख ७० हजार सुरक्षाकर्मी सुरक्षार्थ खटिएका छन् । म्यादी प्रहरी मात्रै ९८ हजार २ सय ६८ जना चुनावमा खटिएका छन् । चुनाव बिथोल्ने समूहले बुथ कब्जादेखि मतदानस्थलमा बम विस्फोट, मतपेटिका लुटपाट र उम्मेदवार अपहरण गर्नेसम्मका चुनौती आकलन गरेर सुरक्षाकर्मी खटिएका छन् । हाल चुनाव भइरहेका ३२ जिल्लामध्ये प्रदेश नम्बर ७ र…

Read More

काठमाण्डौ ८ मा किल्ला भत्काउने र जोगाउने दौडमा काँग्रेस एमाले यस्तो छ तयारी

काठमाण्डौ ८ मा किल्ला भत्काउने र जोगाउने दौडमा काँग्रेस एमाले यस्तो छ तयारी

बहुदलकालका तीन चुनावमा तीनैपल्ट लालकिल्ला तर पछिल्ला दुई संविधानसभा चुनावमा लगालग कांग्रेसको वर्चश्व । काठमाडौं-८ को चुनावी माहोल तताउन इतिहासका यी दुई दृष्टान्त पर्याप्त छन् । कांग्रेसका नवीन्द्रराज जोशी र एमालेका जीवनराम श्रेष्ठ यही ‘दृष्टान्त दोहोर्‍याउने’ योजनामा छन् । ०६४ र ०७० को संविधानसभा निर्वाचन जितेका जोशीसामू श्रेष्ठको बलियो चुनौती छ । ०४८, ०५१ र ०५६ सालको आमनिर्वाचनमा भने यो क्षेत्र एमालेले जितेको थियो । जोशी ह्याट्रिक गर्ने तयारीमा छन् भने श्रेष्ठ कांग्रेस ‘किल्ला’ भत्काउने सुरमा । २०४६ सालमा प्रजातन्त्र पुनःस्थापना भएपछि २०४८ सालमा भएको पहिलो आमनिर्वाचनमा गणेशमान सिंहका छोरा…

Read More

सरकारमा सहभागी हुन्छौंः राणा

सरकारमा सहभागी हुन्छौंः राणा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले वरिष्ठ नेता पशुपतिशम्शेर राणा तथा केन्द्रीय सदस्य ताहिर अलि, जगतप्रसाद गौचन, विजयकला राई, नवोदिता चौधरी, निर्मला श्रेष्ठलाई बुधबार पार्टीबाट निष्कासन गरेको छ । पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले पार्टी विभाजन गर्न प्रयत्न गरेकाले ती नेतालाई कारबाही गरेको प्रवक्ता भुवन पाठकले जानकारी दिए । यसअघि पनि पार्टीले १९ नेतालाई कारबाही गरिसकेको छ । बैठकले आगामी भदौ मसान्तभित्र पाँचै विकास क्षेत्रमा सनातन धर्म सम्मेलन, सातै प्रदेशमा गाउँ, नगर, क्षेत्र र जिल्ला अध्यक्षको भेला गर्ने निर्णयसमेत गरेको छ । बैठकले भदौको पहिलो साता काठमाडौं…

Read More

डोटी जिससमा एमाले निर्विरोध

डोटी जिससमा एमाले निर्विरोध

डोटी । जिल्ला समन्वय समिति डोटीमा नेकपा ९एमाले०को समूह निर्विरोध निर्वाचित भएको छ । आज सम्पन्न मनोनयन दर्ता कार्यक्रमअन्तर्गत एमाले समूहबाट मात्रै उम्मेदवारी परेपछि सबै पद निर्विरोध भएको हो । निर्वाचन कार्यालयका अनुसार अध्यक्षमा रामबहादुर ऐर, उपाध्यक्षमा शशी सोव तथा खुल्ला सदस्यमा डम्बर ओली, घनश्याम जोशी र गोविन्दबहादुर खड्का निर्वाचित भएको छ । महिला सदस्यमा लक्ष्मी मल्ल, मीना बोहरा र तुल्सा बुढा निर्विरोध निर्वाचित भएको छ । अल्पसंख्यकमा संग्राम नेपाली निर्वाचित भएको छ । निर्विरोध निर्वाचित भएपनि आधिकारिकरुपमा घोषणा भने २९ गते नै हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ…

Read More

नुवाकोटमा ग्याङ फाइट १० जना घाइते, नियन्त्रणमा लिन हवाई फायर

नुवाकोटमा ग्याङ फाइट १० जना घाइते, नियन्त्रणमा लिन हवाई फायर

  नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका–५ दुईपिपलको डलबीमा लाखेजात्रा हेर्न पुगेका जात्रालुबीच बुधबार झडप भएको छ । बेलकोटगढी नगरपालिका वडा नम्बर–५ र ६ दुईपिपलका र वडा नम्बर–७ रातमाटेका युवाहरुबीच मोटरसाइकलले ठक्कर दिएको विषयलाई लिएर भएको झडप रोक्न प्रहरीले दुई राउन्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए । लाखेनाचअन्तर्गत्को हिलेजात्रा हेर्न पुगेका जात्रालुहरु दुई समूहमा विभाजित भएर झडप हुँदा दुवै पक्षका १० जना घाइते भएका छन् । घाइते हुनेमा बेलकोटगढी–६ का दीपराज लामा, प्रवीन तामाङ, प्रकाश तामाङ र सुब्बा तामाङ रहेको प्रहरीचौकी झिल्टुङका इन्चार्ज…

Read More

उत्तर कोरियाको धम्की पछि जापानमा उच्च सर्तकता

उत्तर कोरियाको धम्की पछि जापानमा उच्च सर्तकता

काठमाडौं । जापान सरकारले उत्तर कोरियाको धम्की पछि देशमा उच्च सर्तकता अपनाएको छ । बुधबार बिहान उत्तर कोरियाले अमेरिकी प्यासिफिक क्षेत्रको द्वीप गुआममा मिसाइल आक्रमण गर्ने तयारी गरिरहेको बताएपछि जापानले देशमा हाई अलर्ट घोषणा गरेको हो । जापानी सरकारी न्यूज एजेन्सी क्योदोका अनुसार रक्षामन्त्री इत्सुनोरीले भनेका छन्, ‘उत्तर कोरियाबाट आइरहेको खतरा यो हदसम्म पुगेको छ कि अब हामी होसियार हुनुपर्छ ।’ जापान सरकारले हालै जारी गरेको सुरक्षा सम्वन्धी श्वेतपत्रमा उत्तर कोरियासँग छोटो परमाणु हतियार रहेको र त्यसमा लामो दुरीको मिसाइल फिट गर्न सक्ने स्वीकार गरेको छ ।      

Read More

सिमा क्षेत्रबाट प्रहरीद्धारा तीनजना महिलाको उद्धार, दुई पुरुष नियन्त्रणमा

सिमा क्षेत्रबाट प्रहरीद्धारा तीनजना महिलाको उद्धार, दुई पुरुष नियन्त्रणमा

कैलाली । त्रिनगर भन्सार परिसरबट प्रहरीले तीन जना महिलाको उद्धार गरेको छ भने दुई पुरुषलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा टीकापुर नगरपालिका बस्ने शिवराज सन्ज्याल र कमल चौधरी रहेका छन् । उनीहरुले नेपाली महिलाहरुलाई भारतीय दलाललाई बिक्री गर्न पठाउने गरेको खुलासा भएको छ । उद्धार गरिएका महिलाहरु जाजरकोट, रोल्पा र चितवनका भएको जनाइएको छ ।

Read More

अनसनको १६ औं दिन, मृत्युसँग लड्दै डा. गोविन्द केसी

अनसनको १६ औं दिन, मृत्युसँग लड्दै डा. गोविन्द केसी

काठमाडौं । १६ दिनदेखि आफ्नो ११ औं आमरण अनसनमा बसेका डा.गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ । डा.केसीको छाती, मुटुमा समस्या बढ्दै गएको उपचारमा खटिएका डाक्टरहरुले बताएका छन् । सुई लगाएको ठाउँमा संक्रमण हुन थालेको र श्वास फेर्न पनि निकै गाह्रो भैरहेको डाक्टरहरुले बताएका हुन् । शरिरमा चिनीको मात्रा अत्यान्तै न्युन हुदै गएकोले जुनसुकै बेला केसीको जिवन खतरामा पर्न सक्ने डाक्टरहरुले चेतावनी दिएका छन् । डा. केसीले विभिन्न माग राखेर १६ दिनदेखि आमरण अनसनमा बसेका छन् तर केसीका प्रतिनिधी र सरकारी वार्ता टोलीबिच सान्दर्भिक वार्ता हुन सकेको छैन्…

Read More

जिसस बैतडीको प्रमुखमा कांग्रेस निर्विरोध निर्वाचित

जिसस बैतडीको प्रमुखमा कांग्रेस निर्विरोध निर्वाचित

बैतडी । जिल्ला समन्वय समिति बैतडीको प्रमुखमा नेपाली काँग्रेसका सिद्धराज भट्ट निर्विरोध निर्वाचित भएका छन् । प्रमुख पदका लागि काँग्रेसकै सिद्धराज भट्ट र गजेन्द्रबहादुर चन्दको उम्मेदवारी परेको थियो । तर एउटै पार्टीबाट दुईजना उम्मेदवार बन्न नपाउने भएकाले चन्दको उममेदवारी रद्द भएको मुख्य निर्वाचन अधिकृत धु्रवकुमार शाहले जानकारी दिए । यसैगरी दलित तथा अल्पसंख्यक सदस्यमा काँग्रेसकै टेक लुहार पनि निर्विरोध निर्वाचित भएको छ । ती पदका लागि कसैले उम्मेदवारी नदिदाँ उनी निर्विरोध निर्वाचित भएका हुन् । नौ सदस्यीय जिल्ला समन्वय समितिमा उपप्रमुख तथा तीन खुला र तीन महिला सदस्यका लागि साउन…

Read More

बार्सिलोनाका सर्मथकले भने -‘हाम्रा लागी नेइमार मरे’

बार्सिलोनाका सर्मथकले भने -‘हाम्रा लागी नेइमार मरे’

काठमाडौं । बार्सिलोनाका समर्थकले केहि साता अघि मात्रै किर्तिमानी मुल्यमा क्लब छोडेर फ्रेन्च क्लब सेन्ट पेरिस जर्मेन पुगेका नेइमारलाई अपमान गरेका छन् । गत वर्ष कोलम्बिया भ्रमणको क्रममा हवाइजहाज दुर्घटनामा सबै खेलाडी गुमाएको ब्राजिलको फुटबल क्लब च्यापाकोएन्सेसँगको मैत्रीपुर्ण खेलको क्रममा नराम्रो शब्द प्रयोग गर्दै अपमान गरेका हुन् । खेलको क्रममा बार्सिलोनाका समर्थकले ‘नेइमार मर्यो हामीलाई अर्को खेलाडी चाहियो’ भन्दै हुटिङ लगाएका थिए ।यसअघि बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउले नेइमारले बार्सिलोनालाई ठुलो धोका दिएको बताएका थिए । उनले १० महिनाअघि बार्सिलोनाले ५ वर्षको लागि उनको सम्झौता नवीकरण गरिरहेको बेलादेखि नै उनी…

Read More