स्याङ्जामा वाम र लोकतान्त्रिक गठबन्धनबीच झडप, प्रहरीले गर्यो हवाई फायरिङ

स्याङ्जाको साविक तुलसीभन्ज्याङ गाविस भवनस्थित मतदान केन्द्रमा लोकतान्त्रिक र बाम गठबन्धनबीच झडप भएको छ । झडप भएपछिको स्थिति नियन्त्रण लिनको लागि प्रहरीले हवाई फायरिङ गरेको जानकारी आएको छ । मतदाताहरुको विषयलाई लिएर दुई पक्षबीच विवाद हुँदा झडप भएको थियो । झपडलाई साम्य बनाउन हवाई फाइरिङ गरिएको जिल्ला प्रहरी कार्यालय, स्याङ्जाले जनाएको छ ।

Related posts

Leave a Comment