स्वास्थ्य सचिव पुष्पा चौधरीको मनोमानी निर्णयले स्वास्थ्यकर्मीहरु रुष्ट

स्वास्थ्य सचिव पुष्पा चौधरीले आफ्नो मनोमानी ढंगले निर्णय गर्न थाले पछि स्वास्थ्य कर्मीहरु रुष्ट बनेका छन् ।

स्वास्थ्यको संगठन तथा ब्यवस्थापन सर्वेच्छणमा स्वास्थ्यकर्मीको दरवन्दी कटाएर पब्लिकहेल्थ समुहका कर्मचारी समावेश गरेपछि स्वास्थ्य कर्मीहरु रुष्ट बनेका हुन् ।

सचिव भएको सुरुमै उनले स्वास्थ्य क्षेत्रका कर्मचारी हटाउदै अन्य विधाका कर्मचारी समावेश गराउन थालेको उनीहरुको आरोप छ ।

उनको यो निर्णयले हाल स्वास्थ्य मन्त्रालयमा भएका डाक्टर, नर्स, फार्मेसी ल्याव जस्ता नभई नहुने पद खारेज गरेको आरोप छ ।

यता सचिव चौधरीले पनि केहि पद तलमाथि भएको कुरा स्विकार गरेकी छिन् ।

Related posts

Leave a Comment