सुनको मूल्य बढ्यो, तोलामा कति ?

नेपाली बजारमा सुनको भाउ बढेको छ । अघिल्लो दिनको तुलनामा सुन २ सय रुपयाँ बढेको छ । आईतवार ५८ हजार ६ सय रुपैंयामा किनबेच भएको छापावाला सुन आज प्रतितोला ५८ हजार ८ सय रुपैयाँ कारोवार भैरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुन भने ५८ हजार ५ सय रुपैयाँ कायम भइरहेको छ । आईतवार ५८ हजार ३ सय रुपैंयामा किनबेच भएको थियो । यस्तै चाँदीको भाउ पनि तोलामा ५ रुपैंयाले बढेर प्रतितोला ७५५ रुपैंयामा किनबेच भईरहेको छ ।

एक साताभर सुनको मूल्य एक सातामा प्रतितोला ९०० रुपैयाँले बढेको छ । चैत २६ गते प्रतितोला ५७ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन त्यसको एक सातामा ९ सय रुपैयाँले बढेर बैशाख ३ गते सम्म आइपुग्दा ५८ हजार ८ सय रुपैयाँ कायम हुन पुगेको हो । यता चाँदी एक सातामा प्रतितोला १५ रुपैयाँले बढेको छ । चैत २६ गते चाँदी प्रतितोला ७४० रुपैयाँ थियो । एक सातामा १५ रुपैयाँले बढेर ७ सय ५५ रुपैयाँ कायम भएको छ ।

Related posts

Leave a Comment