गुफाबाट हाँस्दै निस्केका छोराले सुने बुवाको मृत्युको खबर

थाइल्यान्डको थाम लुआङ्ग गुफामा फसेका फुटबल टिमका सबै १३ जनालाई १७ दिनपछि सुरक्षित निकालिएको छ। गुफाबाट बाहिर निकाल्ने अभियान सफल भएपछि उद्धार टोलीका सबै सदस्य धेरै खुशी थिए ।

त्यही बेला उद्धार टिममा रहेका डाक्टर ह्यारिसका लागि एउटा दुखद खबर आयो । जब डाक्टर ह्यारिस गुफाबाट बाहिर निस्किए तब उनका पिताको निधन भएको खबर थाहा भयो । जब डाक्टर ह्यारिस गुफा भित्र थिए तब उनले पितासँग कुरा गरेका थिए । तर बाहिर निस्किएपछि उनलाई दु:खको खबर प्राप्त भयो ।

छुट्टीमा थिए डाक्टर ह्यारिस

समाचार अनुसार अस्ट्रेलियाको एडिलेडका एनेस्थिटिस्ट डाक्टर ह्यारिस छुट्टीमा थिए । त्यही क्रममा उनलाई थाम गुफामा किशोरहरु फसेको खबर मिल्यो । डाक्टर ह्यारिसलाई सहयोगका लागि बोलाइयो ।

गुफाभित्र डाक्टर ह्यारिसले ती किशोरहरुको स्वास्थ्यको ख्याल गरेका थिए । समाचार अनुसार ब्रिटिश गोताखोरले गुफामा किशोरहरुको सहयोगका लागि डाक्टर ह्यारिसको नाम सुझाएका थिए ।

थाइल्यान्डका विदेश मामिला मन्त्री जुली बिशपदले डाक्टर ह्यारिसको प्रशंसा गर्दै उनीहरुलाई बाहिर निकाल्न अहम् भूमिका खेलेको बताए । उनी अस्ट्रेलियन मेडिकल असिस्टेन्स टिममा पनि सामेल थिए । जसले यसअघि पनि विदेशमा भएका यस्ता घटनामा सहयोग गरिसकेका छन् ।

थाइल्यान्डको थाम लुआङ्ग गुफामा फसेका फुटबल टिमका लागि ८ जुलाईमा फाइनल उद्धार अभियान थालिएको थियो । यो अभियान १० जुलाईमा सकियो । अन्तिम दिन प्रशिक्षक २५ वर्षीय इकापोल चाङ्टावाङ्गसहित ५ जना खेलाडीलाई बाहिर निकालियो ।

२३ जुनमा गुफा हेर्न गएका उनीहरु बाढीका कारण गुफाको साढे ४ किलोमिटर भित्र फसेका थिए । उद्धार कार्यमा जुटेका नेभी टिमका अधिकारीहरुले आफ्नो फेसबुक पेजमा एक पोस्ट हालेका छन् । यसमा उनीहरुले लेखेका थिए, ‘हामीलाई पनि थाहा छैन, यो चमत्कार हो या विज्ञापन हो या केही अरु ‘

अहिले १३ वाइल्ड बोर फुटबल टिमका सबै खेलाडी गुफा बाहिर आइसकेका छन् । २ ब्रिटिश गोताखोरले गुफामा फसेका किशोरहरुलाई सबैभन्दा पहिले पत्ता लगाएका थिए । कठिन अवस्थामा यति धेरै दिनसम्म संघर्ष गर्ने यो टिमको नाम अहिले ब्रिलियन्ट १३ राखिएको छ।

Related posts

Leave a Comment