सुनको भाउमा बृद्धि, तोलाको कति ?

मंगलबार सुनको भाउ ३ सयले बढेको छ । साताको तेस्रो दिन आज छापावाला सुन प्रति तोला ५७ हजार ५ सयमा कारोबार भईरहेको छ । नेपाल सुनचादी व्यवसायी महासंघले जनाए अनुसार तेजावी सुनको मुल्य भने आज प्रतितोला ५७ हजार २ सय रहेको छ । हिजो छापावाला सुन प्रतितोला ५७ हजार २ सय र तेजावी सुन ५६ हजार ९ सयमा कारोबार भएको थियो । हिजोको तुलनामा आज छापावाला र तेजावी सुन ३ सयले महंगिएको हो । यस्तै आज चाँदी प्रति तोला ७ सय ४० रुपैयाँमा कारोबार भईरहेको छ ।

Related posts

Leave a Comment