सुन तस्करीका नाइके गोरे सार्वजनिक, उनलाई आजै अदालत पठाइने

३३ किलो सुन तस्करीका मुख्य अभियुक्त गोरे भनिने चूडामणि उप्रेतीलाई पक्राउपछि मंगलबार गृह मन्त्रालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ। उनलाई मंगलबार बिहान ५ः३० बजे काठमाडौं महानगरपालिका ८ गौरीघाटबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

उनलाई थप अनुसन्धानका लागि अब छिट्टै विराटनगर पठाइने छानविन समितिका सहसंयोजक तथा गृह मन्त्रालयका सहसचिव ईश्वरीप्रसाद पौडेलले बताए। सुन काण्डका बारेमा गोरेबाट थप सूचना मिलेको र यसले अनुसन्धानमा मद्धत मिल्ने पनि उनले बताए।

पक्राउ परेका गोरेलाई मोरङ जिल्ला अदालत पठाइने
शनम हत्या र सुन तस्करी प्रकरणको मुद्दामा बहस जारी रहेकोले थप अनुसन्धानका लागि उनलार्इ मोरङ जिल्ला अदालतमा उपस्थित गराउने तयारी रहेको समेत जानकारी दिइयो । उनीविरुद्ध ३८ क्विन्टल सुन तस्करी गरेको आरोप लागेको छ । केही समयअघि विमानस्थलबाट बरामद ३३ किलो सुन हराएपछि खुल्दै गएको सुन तस्करीको रहस्यमा उनी नै तस्करीका मुख्य नाइके रहेको बताइन्छ । सुन ओसारपसारमा प्रयोग गरेका मोरङका शनम शाक्यको हत्यामा मुख्य अभियुक्त समेत रहेका गोरे पछिल्लो समय फरार थिए ।

Related posts

Leave a Comment