सुनकाण्डको बहस सकियो, आजै आदेश आउने

साढे ३३ किलोसहित तस्करीको ३८ क्विन्टल सुन र सुन तस्करीसँगै जोडिएको मोरङका सनम शाक्य हत्या प्रकरणको थुनछेक बहस सकिएको छ । सुन तस्करी र शाक्य हत्या प्रकरणमा गत बिहीवारदेखि मोरङ जिल्ला अदालतमा शुरु भएको थुनछेक बहस मंगलवार सकिएको हो । सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा ३० जना अभियुक्तलाई पक्राउ परेका छन् । ६५ जनाविरुद्ध मुद्दा दर्ता भए पनि ३० मुद्दा दर्ता भएको दिन वैशाख १९ सम्म ३० जना पक्राउ परेका थिए ।

जिल्ला सरकारी वकिलको कार्यालय मोरङले पक्राउ परेका ३० जनासहित पहिले ६३ र थप दुर्इजना गरी ६५ जनाविरुद्ध संगठित अपराध, अवैध रूपमा सुन चोरी पैठारी, शरीर बन्धक तथा अपहरण र ज्यान मुद्दा दर्ता गरेको थियो ।
जिल्ला अदालत मोरङले मंगलवार आदेश जारी गरी सुन तस्करी र सनम शाक्य हत्या प्रकरणामा पक्राउ परेका ३० जनालार्इ थुनामा राख्ने या धरौटी तथा सामान्य तारेखमा रिहा गर्ने भन्नेछ ।

Related posts

Leave a Comment