३० वर्ष पछी सूर्य अप्रत्याशित रुपमा चिसो हुने

हालै गरिएको एक नयाँ अध्ययन अनुसार सन् २०५० सम्ममा सूर्यको तापक्रम अप्रत्याशित रुपले घट्ने देखाएको छ ।
क्यालिफोर्निया विश्वविद्यालयका वैज्ञानिकहरुले सौर्य चक्रकाबारेमा अध्ययन गर्दा यस्तो तथ्य भेटिएको जारी प्रतिवेदनमा प्रतीबेदनमा उल्लेख गरिएको छ ।
उनीहरुले त्यतिबेला सम्ममा सूर्यको तापक्रम सात प्रतिशतसम्म घट्नसक्ने विश्वास व्यक्त गरेका छन् । सूर्यको तापक्रम घटेपछि पृथ्वीमा पर्ने तापक्रम पनि कम हुनेभएको छ ।
तर चिसो हुनेक्रम संसारभर एकैनासको भने नहुने अध्ययनले देखाएको छ । विश्व तापक्रममा यस्तो घटनाक्रम भइरहने बैज्ञानिकहरुले बताएका छन् । एजेन्सी

Related posts

Leave a Comment