सुखै सुख गीतको म्युजिक भिडियो सार्वजनिक

भरत साउँद/ अछाम
चर्चित गाएक गोपाल नेपाल जि एमको स्वरमा रहेको सुखै सुख बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । मोडेलिङ क्षेत्रमा उदाउदै गरेका नयाँ मोडल निकेन्द्र बुढाको अभिनय रहेको लोक दोहोरी गीतमा गोपाल नेपाल जि एम र तुल्सी घर्तीमगरको स्वर रहेको छ ।
मनोज रानामगर शब्द र गोपाल नेपाल जि एमकै लयमा तयार भएको म्यजिक भिडियोको निर्देशन बिक्रम चौहानले गरेका छन् । निकेन्द्र बुढा, जनक बुढा र पुजा अधिकारीको अभिनय रहेको भिडियोको छायांकन प्रकास खड्काले गरेका हुन्। क्रिस्टियानो म्युजिक प्रा.लिले बजारमा ल्याएको भिडियोेलाई गोपाल नेपाल जि एम युटुब मिडिया बाट सार्वजनिक गरिएको छ ।
एक दर्जन म्युजिक भिडियोमा अभिनय गर्दै कुसल मोडलको रुपमा आफ्नो नाम स्थापित गराउन सफल अभिनेता बुढाले आफ्नो भविष्य यसैमा खोज्ने जनाएका छन् । अछाम को मेल्लेख गाउपालिका( २ ऋषिदहमा जन्मीएका बुढा बिगत लामो समय देखी मोड्लिङ क्षेत्रमा भविष्य खोजीरहेका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

Related posts

Leave a Comment