दोस्रो सुदूरपश्चिम गोल्डकपको सेमीफाइनलमा मनाङ मस्र्याङ्दी, सुदूरपश्चिम-११, एपीएफ र त्रिभुवन आर्मी

धनगढीमा जारी दोस्रो सुदूरपश्चिम गोल्डकप फुटबलको सेमीफाइनल समीकरण पूरा भएको छ । शुक्रबार भएको अन्तिम क्वार्टरफाइनलमा साविक बिजेता मनाङ मस्र्याङ्दी क्लबले रुपन्देही-११ लाई ४-० गोलले पराजित गरेको छ ।

 

आयोजक सुदूरपश्चिम-११, एपीएफ, त्रिभुवन आर्मी यसअघि नै सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । शुक्रवार क्षेत्रीय रङ्गशालामा भएको खेलमा १९ औं मिनेटमा विदेशी खेलाडी भिक्टरको गोलबाट अग्रता लिएको मनाङ मर्स्याङ्दीले खेल अवधिभरी नै रुपन्देहीलाई दबावमा राखेको थियो ।

पहिलो हाफमा एक गोलमात्रै गरेको मनाङले दोस्रो हाफमा तीन गोल थप्यो । ५५औं मिनेटमा रुपन्देहीका छिरिङ गुरुङको आत्मघाती गोलमार्फत मनाङले अग्रता दोब्बर बनायो ।

खेलको ८३औं मिनेटमा विशाल राईले टिमका लागि तेस्रो गोल गरे । त्यसको १ मिनेट बित्न नपाउँदै बिमल रानाले मनाङका लागि चौथो तथा विजयी गोल गरे ।

खेलको म्यान अफ द म्याच मनाङ बनेका बिदेशी स्ट्राइकर भिक्टरले १० हजार पुरस्कार पाए ।

प्रतियोगिता अन्तर्गत शनिबार मनाङ र त्रिभुवन आर्मीबीच पहिलो सेमिफाइनल हुनेछ भने आइतबार एपीएफ र आयोजक सुदूरपश्चिमबीच दोस्रो सेमिफाइनल हुनेछ ।

Related posts

Leave a Comment