स्थानीय तहको बजेट जनप्रतिनिधीबाट मनपरि वितरण

शम्भु माली, टिभी अन्नपूर्ण कपिलबस्तु ।
कपिलवस्तुका अधिकांश स्थानीय तहको बजेट फजुल खर्च भएको भेटिएको छ ।

स्थानीय तहका पदाधिकारीमार्फत विभिन्न एनजिओलाई कार्यक्रमका नाममा रकम दिने, पार्टी कार्यकर्तालाई विभिन्न समुह र संस्था बनाउन लगाएर बजेट वितरण गर्ने, अनुदानका नाममा बजेट वितरण गर्ने जस्ता क्रियाकलाप गरेको देखिएको छ । एनजिओको नाममा भएको बिकृतीलाई रोक्नुपर्ने कपिलवस्तु एनजिओ महासंघका अध्यक्ष प्रविण श्रीवास्तवले बतााए ।
कतिपय स्थानीय तहमा मनपरी बजेट खर्च थालेको स्थानीयको गुनासो छ । ‘उपभोक्ता समिति गठनदेखि ठेक्का दिँदासम्म आफ्ना नातागोतालाई मात्र दिएर विकास भन्दा पनि बजेट सिध्याउने काम भएको छ ।’ स्थानीयतहमा मनपरी छ कमिसन लिनेदेखि जन प्रतिनिधिकै नजिककै नाता पर्नेलाई उपभोक्ता समितिमा राख्ने गरेका छन । उनले भने । प्रदेश नं. ५ को कपिलवस्तु जिल्लामा ६ वटा नगरपालिका र ४ वटा गाउँपालिका छन ।

Related posts

Leave a Comment