छोराले गरे खुकुरीले रेटि आफ्नै बावुको हत्या

तुलसी पुरमा आफ्नै बावुको हत्या गरेको आरोपमा एक युवा पक्राउ परेका छन । बावुलाई खुकुरीले रेटी हत्या गरेको आरोपमा तुलसीपुरका तेजबहादुर चौधरीलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरले पक्राउ गरेको हो।

तुलसीपुर उपमहानगरपालीका वडा नम्वर ८ कृष्णमन्दीर नजीकै बस्ने ५२ बर्षिय बुवा बाबुराम चौधरीलाई माघ ७ गते राती सवा ११ बजे हत्या गरि डोरीमा झुण्ड्याएको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।

वावुरामले आफ्नै घरमा झुण्डी आत्महत्या गरेको भन्ने घटना सम्वन्धमा ईलाका प्रहरी कार्यालयमा प्राप्त भएको जानकारीका आधारमा प्रहरी टोली खटी गई वारदात घटनाको वारेमा वुझ्दा मृतकको घाँटीमा चोटपट्क लागेको देखि थप अनुसन्धान गर्दा मृतका छोरा २९ बर्षिय तेज वहादुरलाई पक्राउ गरि अनुसन्धान शुरु गरिएको डिएसपी प्रकास सापकोटाले जानकारी दिनुभयो ।

छोरा तेजबहादुर र वुवा बाबुराम वसीरहेको अवस्थामा सामान्य घरायसी झै झगडा भएको कारण रिसको आवेगमा आई घरमै रहेको फलामे खुकुरीले पछाडीवाट घाँटी रेटी कर्तव्य गरी मारि आफै झुण्डी आत्महत्या गरेको जस्तो देखाउनलाई घरकै भान्सा कोठामा झुण्ड्याएको भनि खुल्न आएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको बताइएको छ ।

बुवाको हत्या गरेको आरोपमा तेज वहादुरलाई पक्राउ गरि अनुसन्धान शूरु गरिएको छ । मृतक चौधरीको शब राप्ती अंचल अस्पताल तुलसीपुर दाङको शव गृहमा राखिएको प्रहरीले जनाएको छ ।

Related posts

Leave a Comment