सिन्डिकेटको नमुना: यात्रुलाई सहज की झन् सास्ती ?(भिडियो सहित)

तुलसी अर्याल/ टिभी अन्नपुर्ण

वर्षौँ देखि यातायात क्षेत्रमा जरा गाडेर बसेको सिन्डिकेट लामो प्रयास पछि सरकारले हटाउने निर्णय गर्‍यो । यातायात व्यवसायीले आन्दोलन गरे तर, सरकार गलेन । झन् कडा रूपमा प्रस्तुत भयो । सिण्डिकेट तोडिने भएपछि अब त केही राहत पाइन्छ की भनेर धेरैले सरकारको निर्णयको खुलेरै स्वागत पनि गरे । तर राजधानी काठमाडौँ यात्रुले सास्ती पाउन भने अझै छुटेको छैन । बिहान र बेलुकाको समयमा काठमाडौँका सडकमा गुड्ने सार्वजनिक सवारी साधनमा भेडाबाख्राको शैलीमा मान्छेलाई कोचिन्छ ।

सरकारले बनाएको क्षमताभन्दा बढी यात्रु कोच्ने सवारी साधनलाई कारबाही गर्ने निर्णयको पनि खुलेआम खिल्ली उडाइएको छ । सार्वजनिक सवारी साधनमा यसरी मान्छे कोच्दा पनि अझै यात्रुको तछाडमछाड भने रोकिएको छैन । तर, आफ्ना सवारी साधन नहुनेहरु बाध्यतावश यिनै भीडाभाडयुक्त गाडी चढ्न विवश छन् । कति यात्रु अझै सवारी साधन नपाएर बाटोमै अलपत्र भेटिन्छन् भने कतिपय त झन् महँगो शुल्क तिरेर ट्याक्सी चढेर यात्रा गर्न बाध्य भेटिन्छन् ।

अबेर साँझमा रत्नपार्कमा बस कुरेर बसेकी यात्रु दीपा भण्डारीलाई ‘नखाउँ त दिनभरिको सिकार, खाऊँ त कान्छा बाउको अनुहार’ भने जस्तै हुन पुग्यो । गुनासो गर्दै भन्छिन्, ‘जसरी पनि घर पुग्नु पर्छ । गाडी कम आउँछ जति आयो उतैबाट प्याक भएर आउँछ । जसरी पनि घर पुग्नु पर्ने बाध्यताले नचाहेर पनि कोच्चिएर बस्नुपर्छ ।’

यो उनको मात्रै पीडा होइन साँझतिर त्यहाँ भेटिने हरेकको पीडा यस्तै छ । अर्की यात्रु रमिला भन्छिन्, ‘हामी केटी मान्छेलाई त कति गाह्रो हुन्छ । त्यत्रो भीडमा गाडीमा चढ्न पर्छ । नबसे अरू विकल्प हुन्न । कतिपटक त गाडीमा केटाहरूले संवेदनशील ठाउँमा छुने, अनावश्यक धकेल्ने गर्छन् ।’

अझै यस्तो अवस्थामा वृद्धवृद्धा र बच्चा भएका महिलालाई झन् बढी समस्या छ । व्यवस्थित र सर्वसुलभ रूपमा सार्वजनिक यातायात नहुँदा समयमा काममा नपुग्ने र साँझ समयमा घर नपुग्ने समस्या पनि ज्यूंकात्यु छ । घण्टौँसम्म गाडीको पर्खाइमा बस्ने उनीहरूले जसरी पनि गन्तव्यमा पुग्नु पर्ने बाध्यता छ ।

भीडको सास्ती एकातिर छँदैछ साथै, बस चढे बापत सवारी साधनमा मनपरी भाडा असुली पनि उत्तिकै हुने गरेको छ । साँझ बजेपछि आठ नबज्दै उनीहरूले विद्यार्थीलाई सहुलियत समेत दिँदैनन् । १३ रुपैयाँ भाडा लाग्ने ठाउँमा उनीहरू १५ देखि २५ रुपैयाँ सम्म असुल्छन् । एक जनाले २ देखि ५ रुपैयाँ बढी तिर्दा पनि दैनिक हजारौँ मानिसबाट लाखौँको ठगी भइरहेको छ । एक त यात्रा असहज अर्को बढी पैसा तिरेर पनि समयमा घर पुग्न नपाएको पीडा भने यात्रुसँग छदैछ ।

सार्वजनिक यातायातमा झुन्डिएर आउन बाध्य

सार्वजनिक यातायातको कारण आफू सधैँ कार्यालय ढिलो गरेको काठमार्डौंका गोविन्द कुँवरले दुखेसो पोखे । उनका अनुसार कति दिन त कार्यालय २ घण्टासम्म ढिलो पुग्दा कार्यालयमा हाजिर नै गर्न नपाएको गुनासो उनको छ ।

यस्तै भक्तपुर घर भई विगत २ वर्ष देखि रत्नपार्कको ट्राभल एजेन्सीमा कम गर्दै आएकी २० वर्षीया शोभा थापा आफू बेलुका घर फर्कँदा र बिहान कार्यालय आउँदा सार्वजनिक यातायातमा झुन्डिएर आउन बाध्य भएको बताउँछिन् । यति मात्र होइन आफू सार्वजनिक यातायातमा यात्रा गर्दा बेला बेला मा यौन शोषणको सिकार समेत हुने गरेकी छिन् । गाडीमा चढ्दा बसका सहचालकले अनाश्यक रूपमा शरीरमा छुँदै भित्र धकेल्नेदेखि गाडीमा महिलालाई अनावश्यक दुःख दिने, धकेल्ने, छुन खोज्नेबाट धेरै महिलाहरू समस्यामा छन् ।

 रहर नभई बाध्यता सवारी चालक
२५ जना अट्ने एउटा गाडीमा ४० जना भन्दा बढी कोचेर ल्याउँदा सास समेत फेर्न गाह्रो हुन्छ । गर्मीका कारण कतिपय गाडी मै बेहोस हुने गरेको सवारी चालकहरू बताउँछन् ।यसरी क्षमताभन्दा बढी यात्रु कोचेर यात्रा गराउनु रहर नभई बाध्यता भएको सवारी चालकहरू बताउँछन् ।

सडकमा हुने सवारीको चाप र यात्रुले सास्ती नपाउन, सडकमा सुरक्षा सावधानी होस् भनेर सरकारले काठमाडौँका अधिकांश ठाउँमा ट्राफिक प्रहरी परिचालन गरेको छ । क्षमताभन्दा बढी यात्रु बोक्नेलाई कारबाही गर्ने नियम पनि महानगरिय ट्राफिक प्रहरीले बनाएको छ । तर ट्राफिक प्रहरीकै अघि यसरी मान्छे ठेलेर गाडीहरू चलाउँदा पनि किन मौन बस्छन् ट्राफिक प्रहरी ?

क्षमता भन्दा बढी यात्रु बोक्नेलाई कारबाही ट्राफिक प्रहरी
महानगरीय ट्राफिक प्रहरी प्रमुख वसन्त बहादुर पन्त भन्छन् क्षमता भन्दा बाढी यात्रु हाकेर हिँड्ने सबै सार्वजनिक यातायात लाई कारबाही हुने बताएका छन् । उनका अनुसार लामो दुरीका सार्वजनिक यातायात र स साना माइक्रोहरूमा सिट बाहेक एक जना पनि यात्रु बढी राख्न नपाइने उनको भनाहि छ । यस्तै ठुला ठुला सवारीमा उभिन मिल्ने भन्दा बाढी यात्रु राखेमा सबैलाई कारबाही हुने उनले बताएका छन् ।

यसरी सरकार र काठमाडौँ महानगर पालिकाले यस समस्यालाई गम्भीरता पूर्वक नलिएकोले यस्तो समस्या देखिएको हो तसर्थ ,यसलाई अन्त्य गर्न सम्बन्धित निकायले बेलैमा ध्यान दिन जरुरी देखिन्छ ।

Related posts

Leave a Comment