चुनाव विरोधि गतिविधिमा संलग्न भएको आरोपमा सिके राउत पक्राउ

मधेशलाई स्वतन्त्र बनाउने अभियान सञ्चालन गरेका सिके राउत पक्राउ परेका छन् । चुनाव विरोधि गतिविधिमा संलग्न भएको आरोपमा उनलाई जनकपुरको माछा बजारमा रहेको डेराबाट प्रहरीले पक्राउ गरेको हो ।

उनलाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखेर अनुसन्धान भइरहेको धनुषाका एसपी चक्रबहादुर सिंहले जानकारी दिनुभयो । उनले चुनाव बहिस्कार गर्न उर्दी दिएका कारण उनको गृहनगर महादेवामा अहिलेसम्म कोहि पनि मतदान गर्न गएका छैनन् । देश विखण्डको अभियान चलाएको भन्दै प्रहरीले उनलाई यसअघि पनि पटक पटक पक्राउ गरेको थियो ।

Related posts

Leave a Comment