सिद्धार्थ बैंकको शाखा बट्टार, चरिकोट र बागलुङमा

राजेशचन्द्र राजभण्डारी, बागलुङ ।

प्रदेश नम्बर ४ को व्यापारीक केन्द्र बागलुङ सदरमुकाममा सिद्धार्थ बैक लिमिटेडले बुधबार देखि आफ्नो कारोबार शुरू गरेको छ ।

बागलुङ जिल्लामा आफ्नो ८३ औ शाखा मार्फत बैकले आर्थिक कारोबार शुरूवात गरेर सेवा दिएको बैकका शाखा प्रबन्धक सुजित भारीले बताए ।

बागलुङ नगरपालिका वडा नम्बर २ लोकतान्त्रिक चोकमा रहेको शाखामा ४ जना कर्मचारीले सेवाग्राहीलाई सेवा दिने आज बाटै खाता खोल्ने रकम जम्मा गर्न समेत शुरू गरेको भारीले बताए ।  यस्तै बट्टार र चरिकोटमा पनि आजैबाट शाखाको उद्घाटन भएको छ ।

नेपालमा सबैभन्दा बढी रेमिटान्स भित्र्याउने जिल्ला भएको कारणले गर्दा पनि बागलुङ जिल्लामा निजी क्षेत्रका बैक तथा बित्तिय संस्था आउने क्रम बढेको देखिन्छ ।

बागलुङ सदरमुकाममा नेपाल बैंक लिमिटेड रास्ट्रिय बाणिज्य बैंक कृषि बिकास बैंक र निजी क्षेत्रका एक दर्जनभन्दा बैक बित्तिय संघसंस्था सहकारीले सेवाग्राहीलाई सेवा दिदै आएको छ ।

Related posts

Leave a Comment