श्रमजिवी राज्य प्रणालीका लागी दुई तिहाइ बहुमत आवश्यकः पौडेल

बिमल खड्का, बागलुङ ।

नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा क्षेत्र नं २ का प्रतिनिधि सभाका साझा वामपन्थी उमेद्वार देवेन्द्र पौडेलले श्रमजीवी राज्य प्रणालीका लागी वामपन्थीलाई दुई तिहाई बहुमत आवश्यक परेको बताएका छन ।

वामपन्थी शक्ति पटक पटक छुटफुटका कारण जनताले चाहे अनुरुप विकास गर्न नसकेको बताउदै अब वामपन्थी शक्ति एक भएर श्रमजीवी जनताको पक्षका लागी गठबन्धन हुदै पाटि एकता गरि देशलाई बिकासको बाटोमा लैजाने बताएका छन ।

बडिगाड गाउँपालिका वडा ५ ग्वालीचौरमा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्दै पौडेले भने अब जिन्दावाद र मुर्दावादका नाराले मात्र देश बिकाश नहुने बताउदै अब देशमा आर्थिक क्रान्तिको बाटो भएको बताए ।

 

Related posts

Leave a Comment