विमान दुर्घटना, सातको मृत्यु

फिलिपिन्समा एउटा सानो विमान दुर्घटनामा परी सात जनाको मृत्यु भएको छ । प्लारिडेलबाट बुलाकान प्रान्ततर्फ जाँदै गर्दा शनिबार मध्यान्ह विमान दुर्घटनामा परेको अधिकारीले जनाएका छन् । फिलिपिन्सको नागरिक उड्डयन प्राधिकरणका एक जना उच्च अधिकारीले छ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । उनका अनुसार छ ओटा मात्र सिटे विमानमा रहेका र मृत्यु भएका मध्ये दुई जना विमान चालक रहेका थिए ।
विमान उड्न सुरु गरेको केही मिनेटपछि स्थानीय समयानुसार विहान ११.२१ मा दुर्घटना भएको अधिकारीले बताएका छन् । विमान आवासीय क्षेत्रमा दुर्घटना भएको थियो । घटनास्थलमा अनुसन्धानका लागि अधिकारी पुगेका छन् ।

Related posts

Leave a Comment