सेयर बजारमा सुधारको संकेत: नेप्से तथा कारोबार रकम दुवैमा बृद्धि

tvannapurna

 

साताको अन्तिम दिन विहीबार सेयर बजारमा नेप्से तथा कारोबार रकम दुबैमा सामान्य सुधार आएको छ । कारोबारमा आएका उत्पादन बाहेक सबै समूहका सूचक उकालो लागेपछि समग्र नेप्से २.४० अंकले उकालो लागेर १२८८.३६ अंकमा पुगेको छ ।बैंक तथा वित्तीय संस्थामा देखिएको तरलताको अवस्था सहज गर्न राष्ट्र बैंकले जारी गरेको रिपो उपकरण र सरकारले स्थानीय निकायमा जाने ७५ अर्ब रकम निकासा गरेपछि वित्तीय बजारमा देखिएको तरलताको असहजतामा सुधार आउने अपेक्षा लगानीकर्तामा देखिएको छ ।

बुधबार २० अर्बको रिपो जारी गरेको राष्ट्र बैंकले विहीबार दश अर्बको रिपो जारी गरेको छ । यद्यपी केही बैंकहरुले मात्र रिपो मार्फत रकम लिएका छन् । यसले अन्तर बैंक ब्याजदर नियन्त्रणमा भने सघाउ पुग्नेछ । बैंकहरु रिपो रकम लिन नगएपछि तरलताको अवस्था सहज रहकै अनुमान गर्न सकिन्छ । राष्ट्र बैंकका अनुसार वित्तीय बजारमा २२ अर्ब बढी तरलता रहेको छ ।

यसदिन १५१ कम्पनीको ६ लाख २५ हजार कित्ता सेयर २३ करोड ३७ लाख बराबरमा कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा ५ करोड बढी हो । बुधबारको बजारमा कुल १८ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो ।नेप्सेमा ९ वटा समूहको कारोबार भएकामा उत्पादन बाहेक सबै समूहको सूचकमा सुधार आएको छ । होटल समूहको सूचक सबैभन्दा धेरै ७५ अंकले बढेको छ भने उत्पादन समूहको सबैभन्दा धेरै २५ अंकले घटेको छ । अन्य सबै समूहका सूचक सामान्य बढेका छन् ।

विहीबारको बजारमा नेपाल बैंकको सबैभन्दा धेरै एक करोड ५४ लाख बराबरको कारोबार भयो । नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट र एनआइसी एशियाको पनि एक करोड बढीको सेयर खरिदविक्री भएको छ ।

 

Related posts

Leave a Comment