अष्ट्रेलियामा भेटियो अनौठो सेतो रंगको गोही

अष्ट्रेलियामा ड्राबिनमा दुर्लभ एंव अनौठो प्रकारको गोही फेला परेको छ । ऐडिलेडको एउटा नदीमा यस्तो दुर्लभ रंगको गोही फेला परेको हो । त्यहाँको वन्यजन्तुको संरक्षणमामा सक्रिय एक समुहले अहिले उक्त सेतो रंगको ३ मिटर लामो गोहीको नाम ‘पर्ल’ राखेका छन ।

त्यसो त सन् २०१४ मा पनि सेतो रंगको हाइपोमेलनिस्टिक गोही फेला परेको थियो । निकै चर्चामा आएको उक्त गोहीले एकजना माझीलाई मारेपछि स्थानीयबासीले पनि उसलाई मारेका थिए । अहिले फेला परेको सेतो रंगको गोहीको सम्वन्ध पनि त्यही गोहीसँग हुनसक्ने स्थानीयबासीको अनुमान छ ।

चार्ल्स डार्विन विश्वविद्यालयमा रिसर्च एसोसियट ऐडम व्रिटनका अनुसार पर्लको हाइपोमलनिज्मको कारण गोही सेतो भएको हो । अण्डामा गडबडी भयो भने तापमान बढी भएर कोशिकाको बिभाजनमा असर पर्ने र सेतो छालाको गोही बन्ने भएकाले यो गोही दुर्लभ भएको उनिहरुको भनाई छ ।

अब अष्ट्रेलियामा फेसबुकमा लेखेकै आधारमा भिषा रद्द

Related posts

Leave a Comment