सेनामा छनौट हुन नसकेपछि फेसबुक लाइभ गरेर झुन्डिए

सेनामा जागिर नमिलेपछि दुःखी भएका एक युवाले मंगलवार राति झुन्डिएर आत्महत्या गरेका छन् । झुन्डिनुअघि उनले फेसबुक लाइभ पनि गरे । जसका कारण पुरै घटना फेसबुकमा लाइभ भएको छ । यस भिडियोमा उनका कयौँ साथीले कमेन्ट गर्दै रोक्ने कोशिश गरेका छन् । यो घटना भारतको उत्तरप्रदेश राज्यस्थित आगराको ठाना न्यु आगरा क्षेत्र रेणुका विहार कोलोनीको हो । मृतक मुन्ना कुमार १७ वर्षको उमेरदेखि सेनामा जागिर खाने तयारीमा थिए । सेनाले तोकेको उमेरको सीमा पुरा भएपछि दुखी भएका उनले जीवन नै समाप्त पार्ने कठोर निर्णय लिएका हुन् । मर्नुअघि मुन्नाले दुई पेज लामो सुसाइड नोट लेखेर आमा बाबुसँग माफी मागेका छन् । सुसाइड नोटको अन्तिममा उनले जय हिन्द पनि लेखेका छन् । उनले झुन्डिनका लागि घाँटीमा डोरी बाँधेपछि पनि फेसबुक लाइभ गरिरहेका थिए । परिवारजनका अनुसार मुन्ना सेनामा भर्ती भएर देशको सेवा गर्ने उनको ठुलो इच्छा थियो । जब उनी सेनाका लागि छनोट हुन सकेनन् तब उनले आत्महत्या गरे । अहिले पुलिसले मुन्नाको शवलाई पोस्टमार्टमका लागि अस्पताल पठाएको छ । साथै फेसबुकमा लाइभ गरिएको भिडियोको पनि पुलिसले जाँच गरिरहेको छ । बुधवार बिहान मुन्ना सिंहको शव मिलेको थियो । जहाँ फेसबुकमा लाइभ भएको भिडियो र सुसाइड नोट पनि भेटियो । सुसाइड नोटमा उनले आफूले चाहेको कुनै पनि कुरा प्राप्त नगरेको गुनासोसहितका कुरा उल्लेख गरेका छन् । सुसाइड नोटमा बाबु-आमासँग उनले माफी मागेका छन् ।

Related posts

Leave a Comment