सौताको रिसमा आमाले गरिन आगो लगाएर २ छोराछोरीको हत्या

श्रीमानले सौतासँग बसेको रिसमा रामेछापको खाँडादेवी गाउँपालिका-६ पन्नेचौरमा कि एक महिलाले आफ्नै घरमा आगो लगाएर एक छोरा र एक छोरी जलाएकि छिन् । प्रहरीका अनुसार गएराति करिब साढे १० बजे स्थानीय तारा केसीले आफ्नै घरमा आगो लगाएकि थिईन । आगोमा परेर मृत्यु हुनेमा उनका ४ वर्षीय छोरा बिपिन र २ वर्षीय छोरी रमिता रहेका छन्।
ताराका श्रीमान कान्छी श्रीमती ल्याएर उनैसँग बसेको रिसमा आफैंले घरभित्र छोराछोरी राखेर आगो लगाइदिएको बयान दिएकी छन्। घरमा आगो लगाएर भाग्दै गरेकी तारालाई प्रहरीले बाटोबाटै नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

Related posts

Leave a Comment